अन्नपूर्ण गाउँपालिका आर्थिक मुख्य समाचार म्याग्दी न्युज विशेष समाचार समाज

अन्नपुर्ण गाउँपालिकाद्धारा कृषकलाई हाते ट्याक्टर वितरण

सुरेन गुरुङ
पोखरेबगर । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाले कृषकहरुलाई हाते ट्याक्टर वितरण गरेको छ । कृषि यान्त्रीकरण प्रवद्र्धन कार्यक्रम अन्तर्गत गाउँपालिकाको पचास प्रतिशत अनुदानमा ११ वटा हाते ट्याक्टर वितरण गरिएको हो । गाउँपालिकाका बस्ती स्तरबाट छनौट भएर आएका व्यवसायीक कृषि फर्म र दर्ता भएका कृषि समुहलाई ६ लाख रुपैयाँ बढीको सो उपकरण वितरण गरिएको गाउँपालिकाको कृषी शाखाका कृषि अधिकृत प्रविन अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँपालिकाले कृषकहरुलाई उपकरण प्रयोग सम्बन्धी तालिम दिएको छ । ५० प्रतिशत सहुलियत अनुदानमा ट्याक्टर पाएपछि कृषकहरु हर्षित भएका छन । सो हाते ट्याक्टर आइतबार गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहादुर गर्बुजा पुनले कृषकहरुलाई वितरण गर्नुभयो । अध्यक्ष क्याप्टेन गर्बुजा पुनले परम्परागत रुपमा गोरु जोतिने स्थानमा हाते ट्याक्टर प्रयोग गर्दा सजिलो र काम छिटो छरितो होस भनेर ट्याक्टर वितरण गरिएको बताउनुभयो।

परम्परागत कृषि पेशालाई व्यवसायिक र आधुनिकीकरणतर्फ विकास गराउन कृषकलाई हाते ट्याक्टर सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । ट्याक्टरले कृषकलाई सहज र कृषि यान्त्रीकरणमा सहयोग पुग्ने बताउदै अध्यक्ष क्याप्टेन गर्बुजा पुनले छिटो छरितो बेमौसमी खेती गर्ने कृषकलाई ट्याक्टर महत्वपुर्ण हुने बताउनुभयो । गोरुमार्फत खेत जोत्दै आएका किसानले ट्याक्टरको प्रयोग गर्दा खेतको सबै स्थानमा एकै नासले जोत्न सकिने बताएका छन् । कार्यक्रममा गाउँपालिकाका  निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिकृष्ण आचार्य ,प्राविधिक कर्मचारीहरु लगायतको उपस्थिती रहेको थियो ।

 

 

 

 

सम्बन्धित समाचार

thumbnail

जिसस म्याग्दीको पाँचौ जिल्ला सभा ,पालिका र वडा थप्ने निर्णय (तस्बिर सहित)

म्याग्दी । जिल्ला समन्वय समिति म्याग्दीको पाँचौ जिल्ला सभा सम्पन्न भएको छ । शुक्रबार बेनीमा सम्पन्न जिल्ला सभाले गत आर्थिक बर्षमा भएका गतिबिधि समेटिएको प्रगति प्रतिवेदन, चालु आर्थिक वर्षको बजेट स्विकृत गर्नुका…

thumbnail

अन्नपुर्णमा अध्यक्ष क्याप्टेन गर्बुजा पुन सहित १५१ जनाले लगाए कोरोना विरुद्धको खोप

सुरेन गुरुङ पोखरेबगर । म्याग्दीको अन्नपुर्ण गाउँपालिकामा १५१ जनाले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको ‘कोभिसिल्ड’खोप लगाएका छन् । भुरुङ स्वास्थ्य चौकिमा गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहादुर गर्बुजा पुनले पहिलो खोप लगाउनुभएको थियो ।…

thumbnail

प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध म्याग्दी कांग्रेसको बृहत विरोध प्रदर्शन (फोटो फिचर )

बेनी ।प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधाकि कदम विरुद्धमा नेपाली कांग्रेस म्याग्दीले बृहत विरोध प्रदर्शन गरेको छ । संबिधानको मुल्य ,मर्म र भावना बिपरित आफ्नै बहुमत भएको प्रतिनिधिसभा बिघटन गर्नुभएका प्रधानमन्त्री शर्मा ओलीका…