घटना मुख्य समाचार राष्ट्रिय समाचार समाज सुरक्षा

अस्पतालको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै मृतकका परिवारद्वारा विरोध

प्युठान । प्युठान जिल्ला अस्पतालको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै मृतकका परिवारले विरोध जनाएका छन् । शल्यक्रियाबाट सुत्केरी भएकी झिमरुक गाउँपालिका–७ तुषारा निवासी २४ वर्षीया अनिसा एम।सी।थापाको गएराति मृत्यु भएको हो । शिशु (छोरा) को अवस्था भने सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ ।

अनिसाले गत बिहीबार पहिलो शल्यक्रिया गरेर बच्चा जन्माएकी थिइन् । शनिबार फेरि दोस्रो पटक शल्यक्रिया गरिएको थियो । अनिसाको स्वास्थ्य जटिल बन्दै गएपछि अस्पतालका चिकित्सकले शनिबार राति २ बजे बुटवल रिफर गरेका थिए । तर दाङको भालुबाङ पुग्दा उनको मृत्यु भएको मृतकका श्रीमान सुदन थापाले बताए ।

उपचार यहीँ हुन्छ भन्दै राखेर अन्तिम समयमा रिफर गर्नु अस्पतालको लापरवाही भएको थापाको भनाइ छ ।अनिसाको शवलाई प्युठान जिल्ला अस्पतालमै राखिएको छ । अस्पतालमा आफन्तहरुको भिड जम्मा हुन थालेपछि स्थिति नियन्त्रणका लागि प्रहरी परिचालन समेत गरिएको छ । नागरिक खबरबाट

सम्बन्धित समाचार

thumbnail

बर्दियामा हात्तीको आक्रमणबाट बाख्रा चराउन गएकी एक महिलाको मृत्यु

काठमाडौं । बर्दियामा हात्तीको आक्रमणबाट बाख्रा चराउन गएकी एक महिलाको मृत्यु भएको छ। आइतबार दिउँसो १ बजे गेरूवा गाउँपालिका-१ भटेरा बस्ने ६० वर्षीया भुन्टी बोहरा बगुवा सामुदायिक जंगलमा बाख्रा चराउन गएकी थिइन्।…

thumbnail

कालिकोटमा आगलागी, ६ घर जलेर नष्ट

कालिकोट । कालिकोट जिल्लाको पचालझरना गाउँपालिका–८ मा आगलागी हुँदा छ घर जलेर नष्ट भएका छन् । शनिबार भएको आगलागी गाउँपालिका–८ खोलीबजार, भुराबगरमा आगलागीमा छ घर जलेर नष्ट भएका हुन् । आगलागी हुँदा…

thumbnail

गोंगबुको गेस्ट हाउसमा शव फेला

काठमाडौं । काठमाडौं महानगरपालिका–२७ मित्र नगर स्थित गेस्ट हाउसमा पुरुषको शव भेटिएको छ । गोंगबुको गोदावरी सन्तोषी गेस्ट हाउसमा स्याङ्जा घर भएका नारायण बहादुर घर्ती क्षेत्रीको शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका…