अपराध आर्थिक घटना मुख्य समाचार राष्ट्रिय समाचार

एक युवालाई बन्धक बनाएर १० लाख फिरौती माग्ने ३ पक्राउ

काठमाडौँ । एक युवालाई बन्धक बनाएर १० लाख फिरौती माग्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका-१६ दरैया बस्ने २० वर्षीय रोहित पण्डित, विराटनगर महानगरपालिका -१२ बखरीका २१ वर्षीय अजय यादव र विराटनगर महानगरपालिका-६ रामपुर बस्ने २८ वर्षीया सन्ध्या शर्मा रहेका छन् ।

पक्राउ पर्नेहरुले मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१८ निवासी २३ वर्षीय सुभाष कामतलाई शनिबार दिउँसो करिब १ः३० बजेबाट बन्धक बनाएका थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा पक्राउ पर्नेहरुले पीडितको परिवारसँग १० लाख फिरौती माग गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरिक्षक मान बहादुर राईले बताए । प्रहरीले बन्धक बनाइएका सुभाषलाई २ घण्टाभित्र नै सकुशल उद्दार गरेको प्रहरी नायव उपरिक्षक राईले बताए । रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

प्रहरीसँगको मुद्दा मिलाइदिन्छु भन्दै पैसा मागेको आरोपमा एक पक्राउ

काठमाडौं । प्रहरीसँगको मुद्दा मिलाइदिन्छु भन्दै सर्वसाधारणसँग पैसा मागेको आरोपमा प्रहरीले हेटौंडाबाट एकजनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–१ का ३० वर्षीय सन्जोग लामालाई प्रहरीले शनिबार पक्राउ गरेको हो । लामाले आफू…

thumbnail

लाहानका सुनचाँदी व्यवसायीको हत्या गर्ने दुईजना पक्राउ

जनकपुरधाम । लाहानका सुनचाँदी व्यवसायीको हत्या गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । लाहानका सुनचाँदी व्यवसायी प्रदीप विश्वकर्मालाई गए राति १२ बजे गोली हानी हत्या गरेका थिए । लाहान नगरपालिका ७…

thumbnail

सिरहा बम बिस्फोटमा संलग्न थप एकजना पक्राउ

लहान । सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम बिस्फोट गराएको आरोपमा सिरहा प्रहरीले आज बिहान थप एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका–३ लवकाटोल निवासी २० वर्षीय गुडु…