अपराध आर्थिक मुख्य समाचार राष्ट्रिय समाचार समाज

घुस लिएको आरोपमा नासुसहित दुई पक्राउ

काठमाडौं । काठमाडौंको बबरमहलस्थित आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका नायव सुब्बा (नासु) नरेन्द्र चन्दसहित दुई जना घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

शेयर पुँजी बढाएको प्रमाण पत्रका लागि सेवाग्राहीसँग ८ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा चन्दसहित लेखापढी व्यवसायी रामबाबु दाहाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो ।

दाहालले सेवाग्राहीसँग ८ हजार रुपैयाँ घुस लिएर नासु चन्दलाई दिइसकेको अवस्थामा आयोगको टोलीले विभाग परिसरबाट दुवै जनालाई आइतबार नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए । अनलाइनखबरबाट

सम्बन्धित समाचार

thumbnail

बलात्कारीलाई १८ वर्ष कैद

सप्तरी । तेह्र वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राजविराज नगरपालिका–४ का २२ वर्षीय आसमान निरालेलाई जिल्ला अदालतले १८ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलाशले शुक्रबार…

thumbnail

अनलाइन ठगी गर्ने दुईजना पक्राउ

काठमाडौं । चिठ्ठा परेको भन्दै रकम जम्मा गर्न लगाएर ठगी गर्ने एक भारतीय नागरिकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहारको पूर्वी चम्पारण जिल्ला घर भएका ४३ वर्षीय…

thumbnail

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । प्रहरीले बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–२२ पाको न्यूरोड बस्ने ४४ वर्षीय सुरेश मानन्धरलाई बिहीबार प्रहरीले पक्राउ हो । बैंकिङ कसुरका २ वटा मुद्दामा उच्च…