अन्नपूर्ण गाउँपालिका तस्बिर धवलागिरी गाउँपालिका बेनी नगरपालिका मंगला गाउँपालिका मालिका गाउँपालिका

जिसस म्याग्दीको पाँचौ जिल्ला सभा ,पालिका र वडा थप्ने निर्णय (तस्बिर सहित)

म्याग्दी । जिल्ला समन्वय समिति म्याग्दीको पाँचौ जिल्ला सभा सम्पन्न भएको छ । शुक्रबार बेनीमा सम्पन्न जिल्ला सभाले गत आर्थिक बर्षमा भएका गतिबिधि समेटिएको प्रगति प्रतिवेदन, चालु आर्थिक वर्षको बजेट स्विकृत गर्नुका साथै प्रदेश सरकारबाट आउने बजेटको योजना तर्जुमा र कार्यान्वयन गर्ने अधिकार समन्वय समितिलाई दिने निर्णय गरेको छ ।

 

जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीको अध्यक्षतामा भएको सभाले जिसस कोष र स्थानीय तहको साझेदारीमा सञ्चालित आयोजना कार्यान्वयनमा तदारुकता दिने, स्थानीय तहले गौरवका आयोजना अनुगमनका लागि जिससलाई बिवरण उपलब्ध गराउने र विभिन्न विकास आयोजना सम्बद्ध प्रदेश तथा संघ सरकारका मन्त्रालयमा माग गर्ने निर्णय पनि गरेको छ । हाल काठमाडौंको मदन पुरस्कार गुठीमा रहेको बेनी आक्रमणको चिनो मानिएको गोली लागेर छिया छिया भएको बिद्युतको पोल जिल्लामा ल्याएर संरक्षणसँग पर्यटन प्रर्वद्धनमा प्रयोग गर्ने निर्णय समेत भएको छ । ढिलासुस्ति भएका विकास आयोजना निर्माणलाई तिब्रता दिन समन्वय, अनुगमन र सहजिकरण गर्ने बिषयमा जनप्रतिनिधिहरुबीच छलफल भएको थियो ।

बेनी–जोमसोम, बेनी–दरवाङ, गलेश्वर पिप्ले भगवति, पोखरेबगर घार चित्रे लगायत सडक, नदी नियन्त्रण, खानेपानी लगायत ढिलासुस्ति भएका आयोजनालाई गति दिन अनुगमन र सम्बद्ध निकायमा पहल गर्ने बिषयमा सभामा छलफल भएको थियो । धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बिषयगत कार्यालयले समन्वय नगरेको, बिद्युत, पुर्बाधार बिकासका योजना अलपत्र परेको भन्दै ध्यानाकर्षण गराउनुभएको छ ।।म्याग्दीको सबै क्षेत्रमा हिमाली जिल्लाको मापदण्ड लागु गरेर सेवा सुबिधा लाग गर्न संघीय सरकारलाई माग गरेको छ । गत वर्ष म्याग्दीलाई हिमाली जिल्लामा सुचिकृत गरिएपनि आरक्षण कोटा, कर्मचारीको सेबा सुबिधा र अन्य बिषयमा लागु भएको छैन् । पहिरो पीडितको घर पुननिर्माणका लागि भने हिमाली जिल्लाको सुबिधा कार्यान्वयन भएको छ ।

सम्बन्धित स्थानीय तहले गरेका वडा र पालिका बिभाजनको निर्णय कार्यान्वयनका लागि संघीय सरकारका निकायमा सिफारिस गर्ने निर्णय समेत भएको छ । धवलागिरी गाउँपालिकाको सभामा वडा न. ४ मुदी र ७ ताकमलाई २÷२ वटामा बिभाजन गर्ने निर्णय भएको थियो । रघुगंगा गाउँपालिकालाई दुई वटा पालिकामा बिभाजन गर्ने गाउँसभाको निर्णय कार्यान्वयनका लागि सिफारिस गर्ने जिल्ला सभाले निर्णय गरेको छ । पुषको १५ गते भएको रघुगंगाको गाउँसभाले रघुगंगा नदिबाट पारि रहेका भुगोललाई समेटेर थप नयाँ गाउँपालिका बनाउनको लागि समेत अनुरोध गर्ने निर्णय गरेको थियो ।

वडा नम्बर ५ झिँ, वडा नम्बर ६ पाखापानी र वडा नम्बर ८ को कुइनेबस्तीलाई समेटेर पाखापानीमा केन्द्र रहने गरि नयाँ गाउँपालिका माग गर्ने निर्णय सिफारिसका लागि गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले जिल्ला सभामा प्रस्ताव गर्नुभएको थियो । यसैगरी, ठूलो भूगोलमा छरिएका अन्नपूर्ण गाउँपालिकाको वडा न. ५ शिख र वडा न. ७ हिस्तानलाई बिभाजन गरेर दुई÷दुई वटा वडा बनाउन सिफारिस भएको छ । सेवाप्रवाहमा नागरिकको सहज पहुँच र बिकास निर्माणलाई ब्यवस्थित गर्न वडा बिभाजनको सिफारिसका लागि अन्नपूर्णका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनले प्रस्ताव गर्नुभएको थियो ।

सभामा निमित्त जिल्ला समन्वय अधिकारी आकांक्षा रिजालले गत आर्थिक वर्ष २०७६÷७७ मा गरेका मुख्य मुख्य क्रियाकलाप र चालु आर्थिक वर्षको लागि प्रस्तावित बजेट तथा कार्यक्रम पेश गर्नुभएको थियो । चालु आर्थिक वर्षमा जिससलाई विभिन्न शिर्षकमा एक करोड ३६ लाख ३९ हजार रुपैयाँ बजेट प्राप्त भएको जानकारी गराइएको थियो । जिसस प्रमुख केसीले हालसम्म गरेका कामको समिक्षासँगै बाँकी कार्यकाल सफल र प्रभावकारी बनाउन सक्रीय समन्वयका लागि पालिकाका पदाधीकारीलाई आग्रह गर्नुभयो ।जिसस प्रमुख केसीको अध्यक्षता भएको कार्यक्रमको संचालन ना.सु.निर्मला भण्डारीले गर्नुभएको थियो भने जिसस सदस्य शेर बहादुर केसीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

सम्बन्धित समाचार

thumbnail

प्रथम कोरला कप :  पुरुषतर्फ घतान र महिलातर्फ नारच्याङ विजयी

म्याग्दी। म्याग्दी कोरला यातायात प्रा.लीको तेस्रो बार्षिकत्सवको अवसरमा आयोजित प्रथम कोरला कप भलिबलको उपाधि पुरुष तर्फ घतान र महिलातर्फ नारच्याङले जितेको छ । शनिबार सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा सम्पन्न फाईनलमा बेनी नगरपालिकाकाे ९…

thumbnail

म्याग्दीमा थपिए १२ जना कोरोना संक्रमित

म्याग्दी । म्रिस्तिखोला हाईड्रोमा काम गर्ने कन्ट्याक्ट ट्रेसिङमा  परेका व्यक्तिहरुको मिति यही १६ गते ७६ वटा नमुना संकलन गरी पिसिआर परिक्षणका लागि पठाईएकोमा प्राप्त रिपोर्ट अनुसार अन्नपूर्ण गाउँपालिका वडा नं ४ मा…

thumbnail

भिसा सकिएका अमेरिकी नागरिक शिखबाट आफ्नो देश फर्कन मानेनन्

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा एक अमेरिकी नागरिक अवैधरूपमा बसेका छन्।नेपाल भ्रमणको भिसा सकिएको एक वर्षभन्दा बढी समय भए पनि ती नागरिकले आफ्नो देश फर्कन बेवास्ता गरेका हुन्। संयुक्त राज्य अमेरिकाको…