थप १२५ जनामा कोरोना संक्रमण पुष्टि

 

काठमाडौँ । सोमबार थप १ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७३ हजार ७० पुगेको छ । नेपालमा १ हजार ६२१ सक्रिय संक्रमित रहेका छन् ।

काठमाडौं उपत्यकामा थप ६० जनामा संक्रमण भएको छ। त्यसमध्ये काठमाडौंका ४५, भक्तपुरका ६ र ललितपुरका ९ जना छन्।

पछिल्लो २४ घण्टामा थप ९१ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ६९ हजार ३ सय ९४ रहेको छ । अहिलेसम्म देशभर २१ लाख २७ हजार ७८९ नमुनाको पीसीआर परीक्षण भएको छ ।

सम्बन्धित समाचार

thumbnail

उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरीमा संलग्न ५ जना पक्राउ

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरीमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले तार्केश्‍वर–६, धर्मस्थलीबाट १ जना…

thumbnail

म्याग्दीमा थपिए ७ जना कोरोना संक्रमित

बेनी ।म्याग्दीमा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार शंकास्पद बिरामीहरुको मिति २०७७।९।२ गते ७ वटा नमुना संकलन गरी पिसिआर परिक्षणका लागि पठाईएकोमा प्राप्त रिपोर्ट अनुसार…

thumbnail

बारामा चट्याङ लागेर एकको मृत्यु

बारा । बारामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मंगलवार बिहान जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर(१४ स्थित दुधौरा खोलामा टायर गाडामा बालुवा लोड गरिरहेका वर्ष ४२ को धर्म प्रसाद रायक चौधरीको…