अपराध घटना मालिका गाउँपालिका मुख्य समाचार राष्ट्रिय विचार

दश बर्षिया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

बेनी । दश बर्षिया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले ४० बर्षिय शिक्षक पक्राउ गरेको छ । भारतको दार्जिलिङ घर भई हाल म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ दरबाङमा बस्दै आएका ४० बर्षिय प्रकाश लामालाई बालिका माथि यौनजन्य दुव्र्यवहार र  अनैतिक कार्य गरेको आराेपमा पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

बालिकाले घरमा गुनासो गरेपछि परिवारले माघ २७ गते प्रहरीमा उजुरी दिएको आधारमा लामालाई पक्राउ गरिएको जिप्रका म्याग्दीका सुचना अधिकारी तथा प्रहरी निरिक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार लामाले माघ २४ मा दश बर्षिया बालिकालाई ललाई फकाई यौजन्य दुव्र्यवहार गर्न खोजेका थिए ।

पक्राउ परेका लामा दरबाङ स्थित दरवाङ इङलिस बोर्डिङ स्कुलका शिक्षक हुन् । दुव्र्यवहार तथा अनैतिक कार्य सम्बन्धमा अनुसन्धान भइरहेको सुचना अधिकारी चौधरीले बताउनुभयो । जिल्ला अदालत म्याग्दीबाट ८ दिनको म्याद लिएर अनुसन्धानका लागि उनलाई हिरासतमा राखिएको छ । घटनाको करिब दश दिनपछि मात्रै सार्वजनिक भएको हो । र्इलाका प्रहरी कार्यालय दरवाङको टोलीले लामालाई नियन्त्रणमा लिएर बेनी स्थित जिल्ला प्रहरी कार्यालय पठाएको थियो ।

 

 

 

 

 

सम्बन्धित समाचार

thumbnail

भन्सार छलेर ल्याएको १६७ थान मोबाइलसहित एक पक्राउ

काठमाडौं । भन्सार छली ल्याएका १६७ थान मोबाइलसहित प्रहरीले काठमाडौंको गौराीघाटबाट एकजनालाई पक्राउ गरेको छ । भन्सार छलेर ल्याएका १२ लाख रुपैयाँ बराबरको मोबाइलसहित रामेछापको लिखु गाउँपालिका(६ घर भएका २६ वर्षीय मिलन…

thumbnail

जुत्ताको तलुवामा चरेश लुकाएर भाइलाई कारागारमा भेट्न जाँदा पक्राउ परे दाइ

काठमाडौं । पर्साको वीरगञ्ज कारागारमा कैदीबन्दीलाई भेट्न आएका व्यक्ति १० ग्राम चरेशसहित पक्राउ परेका छन्। प्रहरीले मंगलबार बिहान साढे १० बजे सिन्धुपाल्चोकका २२ वर्षीय मिङ्मा शेर्पालाई पक्राउ गरेको हो। उनी थुनामा रहेका…

thumbnail

ब्राउन सुगरसहित ४ जना पक्राउ

इलाम । इलाम नगरपालिका–७ बाट ब्राउन सुगरसहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाम सूर्योदय नगरपालिका–१० का २३ वर्षीय दियोग राई, देउमाई नगरपालिका–४ का १८ वर्षीय प्रवेश तिरुवा विक, इलाम…