तस्बिर मनोरञ्जन मालिका गाउँपालिका मुख्य समाचार म्याग्दी म्याग्दी न्युज विशेष

पर्यटन प्रवर्द्धन गर्न बेनी पिस सिटीको मालिका हाइकिङ (फोटो फिचर)

साधन राम्जाली
बेनी । म्याग्दीको पर्यटकीय एवं धार्मिक स्थल मालिका धुरीको पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले यहाँको एक सामाजिक संस्थाले (दुई दिने) मालिका हाइकिङ गरेको छ । लायन्स क्लब अफ बेनी पिस सिटीको आयोजनामा मालिकाको पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले क्लबका पदाधिकारी, पर्यटन अभियन्ता, सञ्चारकर्मी, स्थानीय अगुवा, सरोकारवाला सहितको टोलीले मालिका धुरी पदयात्रा गरेका हुन् । जिल्लाको सदरमुकाम बेनीबाट सवारी हुँदै गएको टोली मालिका गाउँपालिका वडा नम्बर ७ ,बिमको धौलाधुरीबाट हाइकिङ (पदयात्रा) थालेका थिए । शुक्रबार र शनिबार गरी दुई दिनमा सम्पन्न पदयात्रामा २६ जनाको सहभागिता रहेको थियो ।

जिल्लाको धार्मिक एवं पर्यटकीय स्थल मालिकाको पर्यटन प्रवद्र्धनमा थप टेवा पु¥याउने उद्धेश्यले हाइकिङ कार्यक्रमको आयोजना गरिएको क्लबका अध्यक्ष खम थापा मगरले बताउनुभयो । ‘म्याग्दी जिल्लामा भएका विभिन्न मुख्य पर्यटकीय ठाउँहरुलाई प्रवद्र्धन गर्ने हिसाबले हाइकिङ कार्यक्रम राखिएको हो ’– अध्यक्ष थापा मगरले भन्नुभयो । उहाँका अनुसार, क्लबले यस अघि मंगला गाउँपालिकाको चर्चित पर्यटकीय स्थल झाँक्रीपानीमा फोटो खिच्ने प्रतियोगिता र धवलागिरि गाउँपालिकाको ताकमकोटमा समेत पर्यटन प्रवद्र्धन कार्यक्रम सम्पन्न गरेको छ ।

मालिकाको वडा नं ६ दरबाङ, ७ विम र रघुगंगा गाउँपालिकाको वडा नं ६ पाखापानीको सिमानामा रहेको मालिका धुरी समुन्द्री सतहदेखी ३ हजार १ ७० मिटर उचाईमा अवस्थित छ । मालिकामा विशेष गरी बैशाखको चण्डीपूर्णिमा, ज्यष्ठीपूर्णिमा, कात्तिके पूर्णिमा र बालाचतुर्दशीमा विशेष पुजा आजासहित मेला लाग्ने गर्दछ । पुजा गरेमा मालिकाले मनोकामना पुरा गरिदिने जनविश्वास छ । मालिका मन्दिरको साथमा कालिका र जालपादेवी पनि सँगै रहेका छन् ।

धुरीबाट गुर्जा, चुरेन, धौलागिरि, अन्नपूर्ण, माछापुच्छे« लगायतका हिमालहरुलाई नजिकबाट अवलोकन गर्न सकिन्छ । मालिका धुरीको धार्मिक एवं पर्यटकीय सम्भावनाको उजागर गर्न कार्यक्रमले थप टेवा पु¥याउनेमा मालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष छकप्रसाद पाइजाले अपेक्षा व्यक्त गर्नुभयो ।

मानविय सेवा र सामाजिक सेवा संगै जिल्लामा रहेका सम्भावनाहरुको उजागर गर्न क्लबको सक्रियतालाई बढाइएको र जिल्लाका सबै स्थानीय तहमा यस्ता कार्यक्रम सञ्चालन गरिने क्लबका संस्थापक अध्यक्ष राजेश शाक्यले बताउनुभयो । ‘म्याग्दीमा धेरै प्रमुख पर्यटकीय एवं धार्मिक गन्तव्यहरु छन् ,प्रचारप्रसार र पुर्वाधार अभाव हुँदा ती स्थानहरु ओझेलमा परेका छन्,’ अध्यक्ष शाक्यले भन्नुभयो ,‘ओझेलमा परेका पर्यटकीय गन्तव्यहरुको उजागर गरी राज्यका निकायहरुलाई रचनात्मक सहयोग पु¥याउने उद्धेश्यले अभियान सञ्चालन गरेका हौं ।’

लायन्स क्लब अफ रिजन जोन चियर पर्सन लोकेश पुन मगरले मालिकालाई प्रमुख पर्यटकीय एवं धार्मिक गन्तव्यको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । मनोरम प्राकृतिक वातावरणमा रमाउनसंगै आफ्नो मनोकाँक्षालाई पुरा गर्नका लागि पनि मालिकाधुरीको महिमा जोडिएकाले यस क्षेत्रको प्रचार प्रसारमा पदयात्राले रचनात्मक रुपमा प्रचार प्रसारमा टेवा पुग्ने म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङका पूर्व अध्यक्ष समेत रहनुभएका बिमका सामाजिक अभियन्ता दल शेरपुञ्जाले बताउनुभयो ।

शुक्रवार पदयात्रा मार्फत मालिका पुगेको टोलीले शनिवार मालिका मन्दिरका समितिसंग समेत अन्र्तक्रिया गरेको थियो । यसैबिच क्लबले बिमको मालिका र फुलपाती आमा समुहलाई खाना पकाउने एक÷एक थान ग्याँस सेट सहयोग गरेको क्लबका सचिव सन्दिप खत्रीले जानकारी दिनुभयो । जिल्लाको सदरमुकाम बेनीबाट दरबाङ, विम हुँदै मालिका जान सकिन्छ भने दुखु र हिदीबाट समेत मालिका पुग्न सकिन्छ । त्यस्तै सदरमुकाम बेनीबाटै अर्थुङ्गे, पुलाचौर, डडुवा हुँदै पर्यटकीयस्थल टोड्केको धुरीबाट पनि मालिका जान सकिन्छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

सम्बन्धित समाचार

thumbnail

पहिरोले रघुघाट बस्ती उच्च जोखिममा

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ३ स्थित रघुघाट बस्ती पहिरोको उच्च जोखिममा परेको छ । वस्ती माथिको पाखोबाट पहिरो खस्दा यहाँ रहेका २६ घरपरिवार जोखिममा परेका हुन । भिरालो पाखो…

thumbnail

पर्यटकको गन्तव्य बन्दै कोप्रे झरना (फोटो फिचर)

म्याग्दी । कोरोना सङ्क्रमण नियन्त्रण गर्न लगाइएको निषेधाज्ञा अझै पनि पूर्ण रुपमा हटेको छैन । संक्रमणको जोखिम कायमै रहेकाले सुरक्षा सावधानी अपनाउनुपर्छ । निषेधाज्ञाले घरभित्रै गुम्सिन बाध्य मानिसहरु निषेधाज्ञा केही खुकुलो भए…

thumbnail

अपडेट : पहिरोले थुनिएको गुर्जा खोलाको अवस्था यस्तो छ (फोटो फिचर)

म्याग्दी । पहिरोले थुनिएको म्याग्दीको धवलागिरि गाउँपालिका–१ स्थित गुर्जाखोला ओभरफ्लो भएर प्राकृतिकरूपमा बग्न थालेपछि सम्भावित जोखिम हटेको छ । गुर्जाको खास्का भन्ने ठाउँमा शनिबार दिउँसो पहाड भत्किएर पहिरो खस्दा थुनिएको खोला रातिदेखि…