अपराध घटना मुख्य समाचार राष्ट्रिय समाचार समाज

बालिका बलात्कारको घटनामा २ जना पक्राउ

जनकपुरधाम । बालिका बलात्कारको आरोपमा प्रहरीले धनुषामा २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुस्कान खातुन र शम्भु भनिने ओमनारायण यादव छन् । प्रहरीका अनुसार मुस्कान खातुनले १३ वर्षकी बालिकालाई आफ्नै कोठामा ग्राहक बोलाई यौनधन्दामा लगाउने गरेकी थिइन् ।

खातुन लक्ष्मीनियाँमा एउटा कोठा भाडामा लिएर बस्दै आएकी थिइन् । त्यस क्रममा मुस्कानले यादव समेतलाई कोठामा बोलाई पीडित बालिकासँग यौन सम्बन्ध राख्न लगाएको प्रहरीको भनाइ छ । पटक–पटकको बलात्कारपछि बालिका गर्भवती भएपछि घटनाबारे परिवारले थाहा पाएको थियो ।

प्रहरीमा जाहेरी परेपछि जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर फरार रहेका खातुन र यादवलाई बिहीबार राति धनुषाको लक्ष्मिनियाँ गाउँपालिका वडा नम्बर ४ स्थित बाटोबाट नियन्त्रणमा लिइएको धनुषा प्रहरीका प्रबक्ता मकेन्द्र कुमार मिश्रले जानकारी दिए । पक्राउ परेका दुबै जना स्थानीय हुन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।अनलाइनखबरबाट

सम्बन्धित समाचार

thumbnail

प्रहरीसँगको मुद्दा मिलाइदिन्छु भन्दै पैसा मागेको आरोपमा एक पक्राउ

काठमाडौं । प्रहरीसँगको मुद्दा मिलाइदिन्छु भन्दै सर्वसाधारणसँग पैसा मागेको आरोपमा प्रहरीले हेटौंडाबाट एकजनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–१ का ३० वर्षीय सन्जोग लामालाई प्रहरीले शनिबार पक्राउ गरेको हो । लामाले आफू…

thumbnail

लाहानका सुनचाँदी व्यवसायीको हत्या गर्ने दुईजना पक्राउ

जनकपुरधाम । लाहानका सुनचाँदी व्यवसायीको हत्या गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । लाहानका सुनचाँदी व्यवसायी प्रदीप विश्वकर्मालाई गए राति १२ बजे गोली हानी हत्या गरेका थिए । लाहान नगरपालिका ७…

thumbnail

सिरहा बम बिस्फोटमा संलग्न थप एकजना पक्राउ

लहान । सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम बिस्फोट गराएको आरोपमा सिरहा प्रहरीले आज बिहान थप एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका–३ लवकाटोल निवासी २० वर्षीय गुडु…