काेराेना अपडेट मुख्य समाचार म्याग्दी न्युज विशेष राष्ट्रिय समाचार समाज

भारतबाट किनिएको कोरोना विरुद्धको खोपको पहिलो खेप आज ल्याइँदै

काठमाडौं । नेपाल सरकारले भारतबाट किनेको कोरोनाविरुद्धको खोप आज काठमाडौं आइपुग्दै छ । कोभिशिल्ड खोपको पहिलो खेप आज दिउँसो काठमाडौं ल्याउन लागिएको हो ।सरकारले भारतबाट २० लाख डोज खोप किनेको छ । त्यसमध्ये पहिलो खेपमा १० लाख डोज खोप एयर इन्डियाको विमानमार्फत् ल्याउन लागिएको हो । एयर इन्डियाको विमान दिउँसो साढे १ बजे नयाँदिल्लीबाट काठमाडौं प्रस्थान गर्ने छ ।

उक्त खोप त्रिभुवन विमानस्थलबाट टेकुस्थित कोल्डरुपमा भण्डारी गरी यही फागुन २३ गतेदेखि देशैभरका खोप केन्द्रहरुमा वितरण गरिने स्वास्थ्य मन्त्रालयका सह(प्रवक्ता डा। समिरकुमार अधिकारीले जानकारी दिए ।

यसअघि भारतले नेपाललाई अनुदानमा १० लाख डोज कोभिशिल्ड खोप उपलब्ध गराएको थियो । सो खोपबाटै गत माघ १४ गतेदेखि नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु गरिएको थियो ।अहिले भारतबाट किनिएको २० लाख डोज खोपमध्ये बाँकी १० लाख डोज पनि छिट्टै प्राप्त हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।अनलाइनखबरबाट

 

सम्बन्धित समाचार

thumbnail

नेपालमा १ सय १२ जना कोरोना संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ सय १२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ९ सय ८४…

thumbnail

कोरोना संक्रमणका कारण क्यालिफोर्नियामा ५० हजार भन्दा बढीको मृत्यु

एजेन्सी । कोभिड १९ को सङ्क्रमणबाट अमेरिकाको क्यालिफोर्नियामा मात्र ५० हजार जनाभन्दा बढी नागरिकको ज्यान गएको बताइएको छ । कोभिड १९ महामारीका कारण क्यालिफोर्नियाका ५० हजार ९९१ जना नागरिकको ज्यान गएको अधिकारीहरुले…

thumbnail

नेपालमा १ सय १२ जना कोरोना संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ सय १२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ८ सय ७२…