खेलकुद मुख्य समाचार म्याग्दी न्युज विशेष राष्ट्रिय समाचार समाज

मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल बिजेता टिमलाई गृह जिल्ला म्याग्दीमा भव्य सम्मान ( भिडिओ/फोटो फिचर )

म्याग्दी । कास्कीको पोखरा रंगशालामा सम्पन्न मुख्यमन्त्री कप प्रदेश स्तरिय महिला भलिबल प्रतियोगितामा विजेता बनेको म्याग्दी महिला भलिबल टोलीलाई गृहजिल्लामा सम्मान गरिएको छ । जिल्ला भलिबल संघ ,म्याग्दीको आयोजनामा खेलाडीलाई पञ्चेबाजा घन्काउदै बेनीबजार परिक्रमा गराएको हो ।

भिडिओ हेर्नुहोस्

 

प्रदेशस्तरीय महिला भलिबलको उपाधी जितेर म्याग्दीको शीर उच्च बनाएको भन्दै भलिबल संघको आयोजनामा निजी तथा सरकारी विद्यालयका विद्यार्थी सहितको उपस्थिती स्वागत सम्मान सहित बिरेन्द्रचोक, न्यूरोड, क्याम्पसचोक, गणेशटोल, बैंकरोड हुदै जिससको सभाहलमा कार्यक्रम गरी सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद विनोद केसीले भलिबल खेलमा म्याग्दीको राष्ट्रियस्तरमा पहिचान रहेको बताउनुभयो । उहाले खेल क्षेत्रको विकासका लागि थप बजेट लगायत पुर्वाधारमा प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । जिसस प्रमुख देबेन्द्रबहादुर केसीले भलिबल खेलाडीलाई बधाई दिदैं खेलकुदमा तीनै तहले बजेट विनियोजनमा प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।


सोही अवसरमा प्रजिअ उमाकान्त अधिकारी, प्रहरी नायव उपरीक्षक किरणजंग कुँवर, शसस्त्र प्रहरीका डिएसपी हरि गुरुङ, राष्ट्रिय अनुसन्धान म्याग्दीका प्रमुख महेश गुरूङ, जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष रमेशकुमार श्रेष्ठ, समाजसेवी बिमला गौचन, जिल्ला खेलकुद विकास समितिका निर्वतमान अध्यक्ष कृष्णकुमार विश्वकर्मा, भलिबलका प्रमुख प्रशिक्षक तेजेन्द्र बानियाँ, लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिती रहेको थियो ।

महिला भलिबलकी क्याप्टेन अरुणा शाही, खेलाडी कमला पुन प्रशिक्षणमा ब्यस्त रहेकाले उपकप्तान पवित्रा सिर्पाली सहितको उपस्थिती रहेको थियो । पोखरा रंगशालामा शनिबार सम्पन्न खेलमा म्याग्दीले छिमेकी जिल्ला पर्वतलाई सोझो सेटमा पराजित गर्दै उपाधी रक्षा गरेको थियो भने पुरुषतर्फ म्याग्दी सेमिफाइनबाट बाहिरिएको थियो । उपाधीसंगै दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। प्रतियोगितामा कप्तान अरुणा शाही सर्वोत्कृष्ट खेलाडी, प्रशिक्षक बानियाँ उत्कृष्ट प्रशिक्षक र कमला पुन उत्कृष्ट सर्भर घोषित हुदैं जनही ५ हजार रुपैयाँ पुरस्कार प्राप्त समेत गरेका थिए।

 

सम्बन्धित समाचार

thumbnail

लुम्बिनीमाथि प्रदेश १ को सहज जित

काठमाडौं । प्रदेश नम्बर १ ले लुम्बिनी प्रदेशमाथि सानदार जित हात पारेको छ । काठमाडौंमा जारी ललितपुर मेयर्स महिला च्याम्पियनसीप अन्तर्गत आजको खेलमा प्रदेश नम्बर १ ले लुम्बिनीलाई १० विकेटले पराजित गरेको…

thumbnail

प्रथम कोरला कप :  पुरुषतर्फ घतान र महिलातर्फ नारच्याङ विजयी

म्याग्दी। म्याग्दी कोरला यातायात प्रा.लीको तेस्रो बार्षिकत्सवको अवसरमा आयोजित प्रथम कोरला कप भलिबलको उपाधि पुरुष तर्फ घतान र महिलातर्फ नारच्याङले जितेको छ । शनिबार सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा सम्पन्न फाईनलमा बेनी नगरपालिकाकाे ९…

thumbnail

थ्री नेसन्स कपको उपाधि नेपाललाई

काठमाडौं । नेपालले त्रिदेशीय कप फुटबलको उपाधि जितेको छ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा बंगलादेशलाई २–१ गोलले पराजित गर्दै नेपालले उपाधि जितेको हो। नेपाली सिनियर टिमले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताको उपाधि पाँच वर्षपछि…