आर्थिक बेनी नगरपालिका राष्ट्रिय शिक्षा समाचार समाज

लायन्स क्लवद्धारा सरस्वती माविमा ५ लाख बराबरको साम्रागी वितरण

बेनी । बेनी नगरपालिका–४, सिंगा तातोपानीस्थित सरस्वती माविमा लायन्स क्लब अफ चितवन राइनो सिटीले करिब ५ लाख बराबरको साम्रागी वितरण गरेको छ । सामाजिक तथा मानवीय सेवामा सक्रिय क्लवले शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रममा न्यानो कपडा,स्टेशनरी, खेलकुद लगायतका साम्रागी हस्तान्तरण गरेको छ । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै लायन्सका पिडिजी लायन राजकुमार श्रेष्ठले लायन्स क्लवमार्फत शिक्षा, स्वास्थ्य, मानवीय सेवाका साथै समुदायमा आवश्यक पर्ने विभिन्न क्षेत्रमा सहयोग गर्ने गरिएको बताए ।


‘लायन्समार्फत म्याग्दीमा पनि धेरै काम भएको छ,‘भविस्यमा पनि यसलाई निरन्तरता दिन्छौ’ श्रेष्ठले भने  । तातोपानी पुख्यौली घर भई हाल चितवन बसोबास रहेका हरि अधिकारीको संयोजकत्वमा भएको कार्यक्रममा लायन्स क्लव ३२५ बि वान नेपालका को–चिप एडभाइजर चन्द्रकुमार केसी, स्पेशल सेक्रेटरियट एडभाईजर सन्तोष रावल, नेपाल जेसीजका पूर्व अध्यक्ष धनञ्जयकुमार श्रेष्ठ, तातोपानी कुण्ड ब्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्य लगायतले मन्तब्य राखेका थिए । विद्यालयमा आयोजित कार्यक्रममा स्थानीयबासी, अभिभावकको समेत उपस्थिती रहेको थियो ।

 

सम्बन्धित समाचार

thumbnail

गाउँपालिका अध्यक्ष राउतको गाडीबाट ८ लाख बरामद

जनकपुर । धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर राउतको गाडीबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घूसवापत सेवाग्राहीसँग लिएको ८ लाख रुपैयाँ बरामद गरेको छ । सोमबार साझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय…

thumbnail

आर्यघाटमा दाह संस्कारका लागि दाउरा किन्नुपर्ने अवस्थाको अन्त्य गर्छु : वनमन्त्री आले

काठमाडौं । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले पशुपति आर्यघाटमा दाह संस्कारका लागि दाउरा किन्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताउनुभएको छ । सोमबार राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको सहकारीमा युवा समावेशिता विषयक दुई…

thumbnail

नर्सरीबाट वार्षिक २० लाख आम्दानी

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीका एक कृषकले जडीबुटीको व्यावसायिक खेती गरेर वार्षिक रु २० लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । सदरमुकाम बेनीबजारदेखि नजिकै पर्ने तोरीपानीका कृषक सागर बानियाँले टिमुर र…