अपराध घटना मुख्य समाचार राष्ट्रिय समाचार समाज

विद्यालयमै बालिकामाथि यौन दुर्व्यवहार, आरोपित शिक्षक पक्राउ

कञ्चनपुर । १४ वर्षीया बालिकालाई यौनदुर्व्यवहार गरेको आरोपमा कञ्चनपुरमा प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ । १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा बेलौरी नगरपालिका–६ विद्यानगर घर भएका सोही ठाउँस्थित महाकाली माध्यामिक विद्यालयका शिक्षक ५३ वर्षीय मधुविलास ढुङ्गानालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

विद्यालयको कक्षा कोठामा बुधबार बिहान ती बालिकालाई ढुङ्गानाले यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले शिक्षक ढुङ्गानालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।रातोपाटीबाट

 

सम्बन्धित समाचार

thumbnail

प्रहरीसँगको मुद्दा मिलाइदिन्छु भन्दै पैसा मागेको आरोपमा एक पक्राउ

काठमाडौं । प्रहरीसँगको मुद्दा मिलाइदिन्छु भन्दै सर्वसाधारणसँग पैसा मागेको आरोपमा प्रहरीले हेटौंडाबाट एकजनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–१ का ३० वर्षीय सन्जोग लामालाई प्रहरीले शनिबार पक्राउ गरेको हो । लामाले आफू…

thumbnail

लाहानका सुनचाँदी व्यवसायीको हत्या गर्ने दुईजना पक्राउ

जनकपुरधाम । लाहानका सुनचाँदी व्यवसायीको हत्या गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । लाहानका सुनचाँदी व्यवसायी प्रदीप विश्वकर्मालाई गए राति १२ बजे गोली हानी हत्या गरेका थिए । लाहान नगरपालिका ७…

thumbnail

सिरहा बम बिस्फोटमा संलग्न थप एकजना पक्राउ

लहान । सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम बिस्फोट गराएको आरोपमा सिरहा प्रहरीले आज बिहान थप एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका–३ लवकाटोल निवासी २० वर्षीय गुडु…