अन्तराष्ट्रिय अपराध समाचार समाज सुरक्षा

सुकीविरुद्ध दोस्रो आपराधिक अभियोग

याङ्गुन । म्यान्मारमा सेनाको नियन्त्रणमा रहेकी नेत्री आङ साङ सुकीविरुद्ध दोस्रो आपराधिक अभियोग लगाइएको छ ।

उनलाई मंगलवार भिडिओमार्फत् सैन्य सरकारले अदालतसमक्ष पेस गरेको थियो । यसअघि उनलाई अवैधानिकरूपमा सञ्चार उपकरण वाकीटकी राखेको अभियोग लगाइएकोमा अहिले प्राकृतिक प्रकोपसम्बन्धी कानुन उल्लङ्घन गरेको अभियोग थपिएको छ। तर उक्त अभियोग किन लगाइएको भन्ने स्पष्ट छैन । माघ १९ मा सेनाले देशको शासनसत्ता हातमा लिएपछि अहिले म्यान्मारमा विरोधप्रदर्शन भइरहेको छ।

सेनाले नयाँ निर्वाचन गराउने र सत्ता हस्तान्तरण गर्ने बताएको भएपनि प्रदर्शनकारीहरुले सुकीसहित सबै नेताहरूलाई तत्काल मुक्त गर्नुपर्ने र भर्खरै सम्पन्न निर्वाचनको परिणाम स्वीकार्नुपर्ने बताउँदै आएका छन् । सेनाले उक्त निर्वाचनमा धाँधली भएको दाबी गर्ने गरेको छ । बिबिसी

सम्बन्धित समाचार

thumbnail

बेलायतका लागि नवनियुक्त राजदुत रेग्मीले गरे पदबहाली

लन्डन । बेलायतका लागि नवनियुक्त नेपाली राजदूत लोकदर्शन रेग्मीले पदबहाली गरेका छन् । श्रीमतीसहित लन्डन सोमबार आइपुगेका उनले २१ औं राजदूतको रुपमा पदबहाली गरेका हुन् । राजदूत रेग्मीलाई लन्डनस्थित हिथ्रो विमानस्थलमा राजदूतावासका…

thumbnail

चीनले थप ३ लाख डोज खोप उपलब्ध गराउने

काठमाडौं । चीनले नेपाललाई थप ३ लाख डोज कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप उपलब्ध गराउने भएको छ । सोमबार काठमाडौंस्थित चिनियाँ राजदूतावासले एक सूचना जारी गर्दै सो कुराको जानकारी दिएको हो ।…

thumbnail

बार्सिलोनाका पूर्वअध्यक्ष जोसेप पक्राउ

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका पूर्वअध्यक्ष जोसेप मारिया बार्तोमेउ भ्रष्टाचारको आरोपमा पक्राउ परेका छन् । उनलाई भ्रष्टाचारको आरोपमा जोसेप सोमबार पक्राउ परेको इ–इस्पेन नेटले उल्लेख गरेको छ । जोसेप बारगेटे घोटालमा मुछिएका…