बेनी नगरपालिका मुख्य समाचार म्याग्दी म्याग्दी न्युज विशेष राष्ट्रिय समाचार

आमा जोगाउन प्रयास गरौं : मन्त्री पुन

बेनी । एकपटक हुने सामान्य चेकजाँचले पनि एकजना आमाको अकालमा मृत्यु हुनबाट जोगिने भएकाले स्त्रीरोगको परीक्षणलाई जोड दिनुपर्ने गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले बताउनुभएको छ । गण्डकी प्रदेश सरकारको समन्वय एवं नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) म्याग्दीले आयोजना गरेको स्त्री रोगसम्बन्धी शिविरको उद्घाटन गर्दै उनले यस्तो बताउनुभएको हो ।

‘आमा बचाउनका लागि हामीले कार्यक्रम गर्नुपर्छ, किनभने आमा नहुँदा घर परिवार भताभुङ्ग हुन्छन्, बालबालिका टुहुरा हुन्छन् । त्यसैले हाम्रो सानो प्रयासले एकजना आमालाई जोगाउँदै गर्दा सिङ्गो परिवार जोगिन्छ । हुन त क्यान्सर लागेका बिरामीलाई राज्यले एकलाख दिन्छ तर पनि क्यान्सर लागेर मृत्यु हुनुभन्दा पनि स्वस्थ रहन आवश्यक रहेको छ ,’–मन्त्रि पुनले भन्नुभयो ।

महिलाहरुले आफूलाई परेका समस्याका बारेमा भन्नका लागि लाज लाग्ने भन्ने डरकै कारण पाठेघर तथा पाठेघरको मुखको क्यान्सर हुँदा आर्थिक अनि पारिवारीक पनि समस्या हुने भएकाले सुरुमै उपचार र त्यसको निदानका लागि प्रयास गर्नुपर्ने मन्त्री पुनको घारणा थियो । बेनी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर जितेन्द्र कँडेलले नेपालमा पाठेघरमा मुखको क्यान्सर निकै ठूलो समस्याको रुपमा रहेकोले यस्ता शिविरहरुले त्यसलाई कम गर्दै लैजाने बताउनुभयो ।

बेनी अस्पताल परिसरमा आयोजित शिविरमा म्याग्दीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी, बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाल र जिफन्टका केन्द्रीय सदस्य बलादेवी राईले मन्तव्य राख्नुभएको थियो । कुल २ सय ६५ जनाले पाठेघरमा मुखको क्यान्सरको परीक्षण गराएको निःशुल्क शिविरमा ८ जनाले थप उपचार गर्नुपर्ने देखिएको स्वास्थ्यकर्मीले बताएका छन् ।

सम्बन्धित समाचार

thumbnail

ज्यामरुकोटमा तरुणदल र महिला संघ गठन

म्याग्दी । नेपाली कांग्रेस म्याग्दीको भातृ संस्था नेपाल तरुण दल जिल्लामा संगठन विस्तारलाई तिब्रता दिएको छ । यसै बिच शनिबार बेनी नगरपालिका–२ ज्यामरुकोटमा तरुण दल र महिला संघ वडा इकाई समिति गठन…

thumbnail

म्याग्दीको सल्लेरी वनमा भिषण आगलागी : सतर्कता अपनाउन आग्रह

बेनी । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ७ र ८ स्थित बेनी बजार नजिकै रहेको बराहपाखो सामुदायीक वनको सल्लेरी वनमा भिषण आगलागी भएको छ । शुक्रबार साँझ वनमा लागेको आगलागी नियन्त्रणमा आउन…

thumbnail

प्रथम कोरला कप :  पुरुषतर्फ घतान र महिलातर्फ नारच्याङ विजयी

म्याग्दी। म्याग्दी कोरला यातायात प्रा.लीको तेस्रो बार्षिकत्सवको अवसरमा आयोजित प्रथम कोरला कप भलिबलको उपाधि पुरुष तर्फ घतान र महिलातर्फ नारच्याङले जितेको छ । शनिबार सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा सम्पन्न फाईनलमा बेनी नगरपालिकाकाे ९…