खेलकुद पर्यटन मालिका गाउँपालिका मुख्य समाचार म्याग्दी म्याग्दी न्युज विशेष

प्रथम मालिका महोत्सव हुने

दरबाङ। म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६  दरवाङमा ऐतिहासिक प्रथम मालिका महोत्सव आयोजना हुनेभएको छ ।म्याग्दी उद्योग बाणिज्य संघ मालिका इकाई समिति, मालिका गाउँपालिका र युवा क्लवहरुको आयोजनामा चैत २७ देखि २०७८ बैशाख ३ गतेसम्म प्रथम मालिका महोत्वस सञ्चालन हुन लागेको हो ।

दरवाङमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उद्योग बाणिज्य संघको इकाईका अध्यक्ष लेकबहादुर पुनले पर्यटन प्रर्वद्धन, कला र संस्कृतिको संरक्षण, ओझेलमा परेका पर्यटकीय स्थलको प्रचारप्रसार र खेल प्रतिभाको प्रोत्साहनका लागि महोत्सव आयोजना गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार ,महोत्सवको गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले गर्नुहुनेछ  ।

“विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाका कारण थलिएको यहाँको पर्यटन र ब्यापार ब्यवसायलाई चलायमान बनाउन महोत्सव आयोजना गर्न लागिएको हो ,”उहाँले भन्नुभयो ।महोत्सवले यस क्षेत्रको ओझेलमा परेका धार्मिक, पर्यटकीय स्थलको प्रचारप्रसार, कला संस्कृतिको संरक्षण, आन्तरिक पर्यटक भित्र्याउन सहयोग पुग्ने उहाँले अपेक्षा व्यक्त गर्नुभयो ।

महोत्सवमा पुरुष/महिला भलिबल, लोक दोहोरी, बिद्यालय स्तरीय नृत्य प्रतियोगिता, घरेलु उत्पादन, कृषि उपजको प्रर्दशनी, पञ्चेबाजा, ख्याली, सोरठी नृत्य र कलाकारहरुको गायन प्रस्तुति रहने उद्योग वाणिज्य संघ मालिका इकाईका सचिव अमृत सापकोटाले बताउनुभयो ।

मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले ओझेलमा परेका प्राकृतिक स्थल,लोपोन्मुख कला संस्कृति र खेल प्रतीभाको उजागर हुनेमा विश्वास व्यक्त गर्नुभयो ।गाउँपालिका उपाध्यक्ष खर माया बिटालु र दरवाङका वडा अध्यक्ष सन्तोष सुबेदीले पर्यटन प्रर्वद्धन गरि कोरोनाले थला परेको ग्रामिण क्षेत्रको ब्यापार ब्यवसायलाई चलायमान पार्न महोत्सवले सहयोग गर्ने बताउनुभयो  ।

लोकदोहोरी प्रतियोगितामा प्रथम, द्धितीय, तृतिय हुनेलाई क्रमश ः  ७५ हजार, ५० हजार र ३० हजार रुपैयाँ पुरस्कारको ब्यवस्था गरिएको छ ।पुरुष भलिबल प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमश ः ७० हजार, ५० हजार र ३० हजार रुपैयाँ , महिला भलिबलमा प्रथम, द्धितिय र तृतीय हुनेलाई क्रमश ५० हजार, ३० हजार र १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।कृषि प्रर्दशनीमा प्रथम, द्धितीय र तृतीयलाई क्रमश  १० हजार, पाँच हजार र तीन हजार तथा नौमति बाजामा सहभागि समूहलाई छ÷छ हजार र ख्याली नृत्यमा सहभागिलाई पाँच /पाँच हजार रुपैयाँ पुरस्कारको ब्यवस्था गरिएको छ । लोकगायक खड्ग गर्बुजा, कुमार पुन लगायत कलाकारहरुको प्रस्तुत महोत्सवको थप आकर्षण हो ।

महोत्सवको १४ वटा उपसमिति बनाएर तयारी सुरु भएको छ । ३३ लाख रुपैयाँ  आम्दानी र २८ लाख रुपैयाँ खर्च हुने महोत्सवबाट बचत हुने रकम पर्यटन पूर्बाधार निर्माण र प्रर्वद्धनमा खर्च गरिने आयोजकले जनाएका छन् ।पत्रकार सम्मेलनमा इलाका प्रहरी कार्यालय दरवाङका प्रमुख सन्तोष पौडेल र म्याग्दी उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य गोपालप्रसाद रेग्मीले पनि बोल्नुभएको थियो ।मालिका धुरि, दुरलेक, देविस्थान मालिका, सोलेडाँडा, स्लेट र तामा खानी, भाले बास्ने, निस्कोट, बिम बराह र गाइखर्क ताल लगायतका पर्यटकीय स्थल छन् ।

 

सम्बन्धित समाचार

thumbnail

लुम्बिनीमाथि प्रदेश १ को सहज जित

काठमाडौं । प्रदेश नम्बर १ ले लुम्बिनी प्रदेशमाथि सानदार जित हात पारेको छ । काठमाडौंमा जारी ललितपुर मेयर्स महिला च्याम्पियनसीप अन्तर्गत आजको खेलमा प्रदेश नम्बर १ ले लुम्बिनीलाई १० विकेटले पराजित गरेको…

thumbnail

प्रथम कोरला कप :  पुरुषतर्फ घतान र महिलातर्फ नारच्याङ विजयी

म्याग्दी। म्याग्दी कोरला यातायात प्रा.लीको तेस्रो बार्षिकत्सवको अवसरमा आयोजित प्रथम कोरला कप भलिबलको उपाधि पुरुष तर्फ घतान र महिलातर्फ नारच्याङले जितेको छ । शनिबार सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा सम्पन्न फाईनलमा बेनी नगरपालिकाकाे ९…

thumbnail

थ्री नेसन्स कपको उपाधि नेपाललाई

काठमाडौं । नेपालले त्रिदेशीय कप फुटबलको उपाधि जितेको छ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा बंगलादेशलाई २–१ गोलले पराजित गर्दै नेपालले उपाधि जितेको हो। नेपाली सिनियर टिमले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताको उपाधि पाँच वर्षपछि…