मंगला गाउँपालिका मुख्य समाचार राष्ट्रिय समाचार समाज स्थानीय

मंगला गाउँपालिकामा हजार दिनका सुत्केरी आमाहरुलाई पोषणयुक्त खाद्य सामाग्री वितरण

बेनी । म्याग्दीको मंगला गाउँपालिकाले उपाध्यक्ष संग हजार दिनका सुत्केरी आमा कार्यक्रम मार्फत सुत्केरी महिलाहरुलाई पोषिलो खाना वितरण गरेको छ । गर्भवति, सुत्केरी, दुई वर्षसम्मका बच्चा र आमाको पोषण, सरसफाई र स्वास्थ्य सुधारका लागि सचेतना फैलाउन कार्यक्रम सुरु गरेको हो । कार्यक्रम मार्फत गर्भवति, सुत्केरी र बच्चाहरुको खानपान, स्याहार सुसार, सरसफाईका बारेमा जानकारी गराउनुका साथै सामग्री वितरण गर्न थालिएको उपाध्यक्ष सिर्जना केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार वडा न. ३ र ४ का ६० जना आमाहरुलाई बच्चाको स्याहार सुसार र सरसफाइमा आवश्यक पर्ने नौ प्रकारका सामग्री बितरण गरिएको छ । गाउँपालिकाको पाँच वटै वडामा पुगेर गर्भवति र दुई वर्षसम्मका बच्चाका आमाहरुलाई अभिमुखीकरणका साथै स्वास्थ्य सामग्री बितरण गर्ने कार्यक्रम छ । तीन सय जनालाई सामग्री बितरण गर्ने लक्ष्य रहेको उपाध्यक्ष केसीले बताउनुभयो ।


हजार दिनका आमासँग उपाध्यक्ष कार्यक्रम सञ्चालन गर्न गाउँपालिकाले चालु आर्थिक वर्षमा पाँच लाख रुपैयाँ बिनियोजन गरेको छ । गत वर्ष कोरोनाको जोखिम र लकडाउनका कारण कार्यक्रम सञ्चालन हुन सकेको थिएन् ।स्वास्थ्य शाखा संयोजक लेखनाथ रोका र स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरु वितरण कार्यक्रममा सहभागिता रहेको थियो ।

 

सम्बन्धित समाचार

thumbnail

मुस्ताङमा काम गर्ने क्रममा मिक्चरमा बेरिएर म्याग्दीका एक युवाको मृत्यु

म्याग्दी । राष्ट्रिय गौरवको आयोजना आयोजना बेनी-जोमसोम -कोरला सडकअन्तरगत बेनी-जोमसोम सडकको मुस्ताङखण्डमा काम गर्ने एक मजदुरको शुक्रबार मिक्चरमा बेरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । करिडोर अन्तर्गत कोसिएन न्यौपानेको…

thumbnail

म्याग्दी र पर्वतको जलजलामा निःशुल्क आँखा जाँच शिविर हुँदै

म्याग्दी । म्याग्दी र छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकामा निशुल्क आँखा परिक्षण कार्यक्रम सञ्चालन हुने भएको छ । लायन्स क्लबको आयोजना तथा हिमालयन आँखा अस्पताल पोखरा, नेत्रज्योती संघ बेनी , नेपाल रेडक्रस…

thumbnail

जिसस म्याग्दीको पाँचौ जिल्ला सभा ,पालिका र वडा थप्ने निर्णय (तस्बिर सहित)

म्याग्दी । जिल्ला समन्वय समिति म्याग्दीको पाँचौ जिल्ला सभा सम्पन्न भएको छ । शुक्रबार बेनीमा सम्पन्न जिल्ला सभाले गत आर्थिक बर्षमा भएका गतिबिधि समेटिएको प्रगति प्रतिवेदन, चालु आर्थिक वर्षको बजेट स्विकृत गर्नुका…