अन्तराष्ट्रिय मुख्य समाचार राजनिति राष्ट्रिय समाचार समाज

म्यानमारमा हिंसात्मक दमनविरुद्ध काठमाडौंमा नागरिक अभियन्ताको प्रदर्शन

काठमाडौँ । म्यानमारमा सैन्य सरकारले गरिरहेको हिंसात्मक दमनको विरोधमा शुक्रबार काठमाडौंस्थित म्यानमार दूतावासअगाडि विरोध प्रदर्शन गरिएको छ । बृहत् नागरिक आन्दोलनको अगुवाइमा नागरिक अभयन्ताहरूले नक्खु, भैंसेपाटीस्थित दूतावासअगाडि प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा नागरिक अभियन्ताहरू गोविन्द केसी, नारायण वाग्ले, खगेन्द्र संग्रौला, युग पाठकलगायत सहभागी थिए । प्रदर्शनका सहभागीहरूले म्यानमारमा नरसंहार बन्द गर्नुपर्ने भन्दै आफूहरू त्यहाँका जनताको पक्षमा रहेको बताए । उनीहरूले म्यानमारमा तत्काल लोकतन्त्र पुनर्बहाली गर्न माग राखेका छन् ।

म्यानमारमा गरिएको सैन्य कु र त्यहाँका लोकतान्त्रिक आन्दोलनकारीमाथि जारी नरसंहारविरुद्ध प्रदर्शन गरिएको आन्दोलनले जनाएको छ । म्यान्मारमा सैनिक ‘कु’ विरुद्ध बुधबार गरिएको प्रदर्शनमा सुरक्षाकर्मीको गोली लागि कम्तीमा ३८ जना मारिएको जनाइएको छ । संयुक्त राष्ट्रसंघले ३८ जना मारिएको पुष्टि गर्दै सैनिक ‘कु’ यताकै ‘रक्तपातपूर्ण’ दिन भनेको छ ।

राष्ट्रसंघीय मानवअधिकार कार्यालयका अनुसार फेब्रुअरी १ को सैनिक ‘कु’ को विरोधमा त्यसयता भएका प्रदर्शनमा प्रहरीले दमन गर्दा कम्तीमा ५४ जनाको ज्यान गइसकेको छ । गत आइतबार एकै दिन १८ जनाले ज्यान गुमाएका थिए । समाचार संस्था रोयटर्सले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै जनाएअनुसार सुरक्षा फौजले कैयौं नगरहरूमा चेतावनीबिना नै गोली चलाएको थियो । ekantipurबाट

सम्बन्धित समाचार

thumbnail

ब्राजिलमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ लाख ४० हजार नाघ्यो

एजेन्सी । ब्राजिलमा गत २४ घण्टामा कोभिड–१९ को सङ्क्रमणका कारण तीन हजार ८२९ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ४० हजार ७७६ जना पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले…

thumbnail

टेक्सासमा एक नेपालीको गोली हानी हत्या

काठमाडौं । अमेरिकामा एक नेपालीको गोली हानी हत्या भएको छ । टेक्सासको अस्टिनमा बस्दै आएका पोखरा सराङकोटका रमेश थापाको मृत्यु भएको जनाइएको छ । अस्टिन प्रहरी विभागका अनुसार मध्यरात त्यहाँको स्थानीय आवसीय…

thumbnail

ब्राजिलमा कोरोना भाइरसबाट एकै दिनमा ४ हजारभन्दा बढीको मृत्यु

एजेन्सी । ब्राजिलमा गत २४ घण्टामा कोभिड– १९ को संक्रमणको कारण ४ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । ब्राजिलमा कोरोना भाइरस शुरु भएयता यति धेरै संख्यामा व्यक्तिहरुले ज्यान गुमाएका यो…