तस्बिर भिडियाे मालिका गाउँपालिका मुख्य समाचार म्याग्दी म्याग्दी न्युज विशेष

रुम र डाँडागाउँको पात्लेबाट लागु औषध गाँजा सहित पक्राउ परेका दुई जना सार्वजनिक (तस्बिर /भिडिओ सहित)

बेनी । म्याग्दीकोे मालिका गाउँपालिका ३ बाट प्रहरीले लागु औषध गाँजा सहित एक व्यक्तीलाई पक्राउ गरेको छ । १७ गते ईलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरिक्षक सन्तोष पौडेलको नेतृत्वमा खटिएको प्रहरीको टोलीले मालिका गाउँपालिका– ३ डाँडागाउँको पात्लेका  ६३ बर्षिय हर्कबहादुर रोकाले गोठमा लुकाएर राखेको २० केजी ९०० ग्राम गाँजा सहित रोकालाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक श्यामकुमार राईले जानकारी दिनुभयो ।

 

भिडिओ

यसैगरी ,फागुन १३ गते खटिएको प्रहरी टोलीले भिरखर्कका ३४ वर्षीय होमबहादुर पुनले बाख्राको खोरमा लुकाएर राखेको १२ किलोग्राम ८५० ग्राम गाँजा सहित पुनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।पक्राउ परेका उनीहरुलाई मंगलबार सार्वजनिक गरेको छ ।

पक्राउ परेकालाई अदालतबाट पाँचदिनको म्याद थपेर कानुनी कारबाही र अनुसन्धान अगाडि बढाइएको प्रनाउ राईले बताउनुभयो ।लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार नियन्त्रणमा लिएर कानुनी कारबाहीको अगाडि बढाइएको उहाँले बताउनुभयो । आरोप पुष्टी भएमा दुई वर्ष देखि १० वर्ष सम्म कैद र १५ हजार देखि एकलाख सम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

 

 

सम्बन्धित समाचार

thumbnail

घुम्टेको काख मल्ममा ऐतिहाँसिक होली मेला

बागलुङ ।होली पूर्णिमाको अवसरमा घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्म बागलुङको ३६ औ बार्षिक उत्सव तथा होली मेला सम्पन्न भएको छ । आइतबार होली मेलाको समापन समारोहलाई सम्वोधन गदै प्रमुख अतिथि…

thumbnail

चिमखोलामा खेलमैदान निर्माण,पुर्वमन्त्री थापाद्धारा उद्घाटन

म्याग्दी।म्याग्दीको रघुगंगा गाउँपालिका– ७, चिमखोला स्थित धमाखुमा खेलमैदान निर्माण गरिएको छ । चालु आर्थिक बर्षमा संघिय सांसद विकास कोषबाट ८ लाख र प्रदेश सांसद कोषबाट ७ लाख र स्थानीयहरुको आर्थिक सहयोग र…

thumbnail

जिसस म्याग्दीको पाँचौ जिल्ला सभा ,पालिका र वडा थप्ने निर्णय (तस्बिर सहित)

म्याग्दी । जिल्ला समन्वय समिति म्याग्दीको पाँचौ जिल्ला सभा सम्पन्न भएको छ । शुक्रबार बेनीमा सम्पन्न जिल्ला सभाले गत आर्थिक बर्षमा भएका गतिबिधि समेटिएको प्रगति प्रतिवेदन, चालु आर्थिक वर्षको बजेट स्विकृत गर्नुका…