होटल कोठामा बोलाउँदै गोप्य भिडियो बनाई ‘ब्ल्याकमेलिङ’ गरेको अभियोगमा दुई महिला पक्राउ

काठमाडौं । विभिन्न व्यक्तिलाई होटल कोठामा बोलाई गोप्य भिडियो बनाएर व्ल्याकमेलिङ गरेको अभियोगमा प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुर्खेतका लालसरी शाही (ललिता) र कल्पना हमाल छन् । उनीहरुलाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

लालसरीले कोटेश्वरका एक पुरुषलाई सुन्धारास्थित गेष्टहाउसमा बोलाई बोलाई गोप्य भिडियो खिचेका थिए । सोही भिडियो ती पुरुषको मेसेञ्जरमा पठाई ब्ल्याकमेलिङ गरी आइएमईमार्फत बारम्बार रकम असुलेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

लालसरी यसअघि पनि विभिन्न मुद्दामा जेल बसिसकेका महिला हुन् । नागरिक खबरबाट

सम्बन्धित समाचार

thumbnail

प्रहरी हुँ भन्दै व्यापारीसँग रकम माग गरेको अभियोगमा पक्राउ

मोरङ । मोरङ विराटनगर महानगरपालिका–१५ स्थित दक्षिण गेटबाट सादा पोशाकको प्रहरी हुँ भन्दै स्थानिय व्यापारीहरूसँग रकम माग गरेको अभियोगमा विराटनगर महानगरपालिका–१२ बस्ने ३१ वर्षीय पुष्प राज चेम्जोङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ…

thumbnail

अमेरिकाको मिशिगनको हाइस्कुलमा १५ वर्षे विद्यार्थीद्वारा गोलीबारी, तीनको मृत्यु ८ घाइते

एजेन्सी । अमेरिकाको मिशिगनमा एक हाइस्कुलमा भएको गोलीबारीमा तीन विद्यार्थीको मृत्यु भएको छ भने एक शिक्षकसमेत आठ जना घाइते भएका छन् । अधिकारीका अनुसार मृत्यु हुनेमा १६ वर्षका किशोर, १४ वर्षकी बालिका…

thumbnail

रौतहटमा विद्युत चोरी गरेको आरोपमा ७ पक्राउ

रौतहट । रौतहटको कटहरिया र देबाही गोनाही नगरपालिकामा हुकिङ गरेर विद्युत चोरी गरेको आरोपमा ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मौलापुर वितरण केन्द्रको चुहावट नियन्त्रण टोली , इलाका प्रहरी कार्यालय गरुडा,…