अपराध आर्थिक घटना मुख्य समाचार राष्ट्रिय समाचार

ईटहरीमा सुनको सिक्री र लेडिज ब्याग लुटेर आतंक मच्चाउने युवा पक्राउ

काठमाडौं । सुनसरीको ईटहरीमा सुनको सिक्री र लेडिज ब्याग लुटेर आतंक मच्चाउने बिजु मोतेलाई प्रहरीले पक्राउ गरेको छ । झापाको दमक घर भएका ३० वर्षीय बिजुलाई ईटरही उप–महानगरपालिका–६ बाट पक्राउ गरिएको ईटहरीका डिएसपी अर्जुन केसीले बताउनुभयो । मोरङको केराबारी गाउँपालिका–९ मा डेरा गरेर बस्ने बिजुले ईटहरीमा लुट आतंक मच्चाउँदै आएका थिए ।

पसल बन्द गरेर घर फर्किने महिलालाई टार्गेट गरेर उनले सिक्री र झोला लुट्ने गरेका थिए । को.८प १२३६ नम्बरको मोटरसाईकलमा चढेर उनले हिँड्दै गरेको अवस्थामा लुटेर भाग्ने गरेको डिएसपी केसीले बताउनुभएको छ । ‘साँझपख पसल बन्द गरेर हिँडेका महिलालाई उनले टार्गेट गर्ने गरेका थिए’ डिएसपी केसी भनन्नुहुन्छ –‘सुन र पैसा लुटेको ७ वटा घटनाका पिडीतहरु हाम्रो सम्पर्कमा आएका छन् ।’ ०७७ पुसपछि उनले ईटहरीमा ७ ठाउँमा लुटपाट गरेका हुन् ।

मोटरसाईकलमा एक्लै हिँड्ने बिजुलाई लामो सर्भिलेन्स पछि ईलाका प्रहरी कार्यालय ईटहरीले पक्राउ गरेको हो । उनीविरुद्ध प्रहरीले चोरी मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ । गत पुस २५ मा ईटहरी–९ बिपी चोकमा एकजना महिलाको लेडिज ब्याग तानेर उनले ३ लाख नगद लुटेका थिए । झोलामा टार्गेट गर्ने बिजु झोला नबोक्ने महिला बाटोमा भेटिए सिक्री लुटेर मोटरसाईकलमा हुँईकिन्थे । रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

युरोकप फुटबल हेरेर होटलमा झगडा गर्ने खेलाडी र होटल संचालक पक्राउ, जरिवाना तिरेर रिहा

काठमाडौँ । काठमाडौंको त्रिपुरेश्वरस्थित युनाइटेड बिजनेस होटलमा युरोकप फुटवल हेर्दा विवाद गरेर झगडा गर्ने खेलाडी र होटल संचालकलाई स्थानीय प्रशासनले जरिवाना गरेको छ । जेठ ३० गते विहान ३ बजेतिर झगडा परेको…

thumbnail

कटुवा पेस्तोलसहित एक पक्राउ

जनकपुरधाम । सिरहा प्रहरीले कटुवा पेस्तोलसहित आइतबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुखीपुर नगरपालिका ७ बलही निवासी ४७ बर्षीय गणेश कुमार सिंह छन् । आफ्नो घर नजिकै लुकाएको एक…

thumbnail

बागलुङमा गोरु काटेको आरोपमा १० जना पक्राउ

बागलुङ । बागलुङमा गोरु काटेको आरोपमा १० जना पक्राउ परेका छन् । प्रहरीले जिल्लाको गलकोट नगरपालिकाका युवाहरुलाई गोरु काटेर मासु खाएको आरोपमा पक्राउ गरेको हो । शुक्रबार राती गलकोट नगरपालिका वडा नम्बर…