अन्तराष्ट्रिय आर्थिक मुख्य समाचार राष्ट्रिय समाचार समाज

उदयपुरमा विद्यालय बनाउन भारतद्वारा ४ करोड २९ लाख सहयोग

काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिकास्थित गाईघाटमा रहेको बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका भारतले सहयोग गरेको छ । नेपाल–भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत अनुमानित ४ करोड २९ लाखको लागतमा सो परियोजनालाई उच्च प्रभाव सामुदायिक परियोजनाको रुपमा अघि बढाइने नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

जसका लागि भारतीय दूतावास, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र त्रियुगा नगरपालिकाबीच चैत्र २३ गते एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । भारत सरकारले सन् २००३ यता साविकको ‘साना विकास परियोजना’ र हालको ‘उच्च प्रभाव सामुदायिक परियोजना’ अन्तर्गत ५२० भन्दा धेरै परियोजना अघि बढाएकोमा नेपालका सातै वटा प्रदेशमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई, तथा अन्य सार्वजनिक सुविधाका क्षेत्रमा हालसम्म ४४८ वटा परियोजना सम्पन्न भइसकेको जनाएको छ । रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

ब्राजिलमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ लाख ४० हजार नाघ्यो

एजेन्सी । ब्राजिलमा गत २४ घण्टामा कोभिड–१९ को सङ्क्रमणका कारण तीन हजार ८२९ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ४० हजार ७७६ जना पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले…

thumbnail

टेक्सासमा एक नेपालीको गोली हानी हत्या

काठमाडौं । अमेरिकामा एक नेपालीको गोली हानी हत्या भएको छ । टेक्सासको अस्टिनमा बस्दै आएका पोखरा सराङकोटका रमेश थापाको मृत्यु भएको जनाइएको छ । अस्टिन प्रहरी विभागका अनुसार मध्यरात त्यहाँको स्थानीय आवसीय…

thumbnail

ब्राजिलमा कोरोना भाइरसबाट एकै दिनमा ४ हजारभन्दा बढीको मृत्यु

एजेन्सी । ब्राजिलमा गत २४ घण्टामा कोभिड– १९ को संक्रमणको कारण ४ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । ब्राजिलमा कोरोना भाइरस शुरु भएयता यति धेरै संख्यामा व्यक्तिहरुले ज्यान गुमाएका यो…