मुख्य समाचार राजनिति राष्ट्रिय समाचार समाज

कर्णाली प्रदेशका तीन मन्त्रीले दिए राजीनामा

सुर्खेत । एमालेबाट कर्णाली प्रदेश सरकारमा सहभागी भएका तीन मन्त्रीले संयुक्त रुपमा राजीनामा दिएका छन् । मन्त्रीहरुले मंगलबार सामूहिक राजीनामा दिएका हुन् । राजीनामा दिनेमा आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा रहेका छन् । उनीहरुले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष राजीनामा बुझाएका छन् ।

कर्णालीमा एमालेले एकल सरकार बनाउने योजनासहित आफ्ना मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गरेको थियो । सोमबार नै राजीनामा दिने भनिएपनि मन्त्रीहरुले मंगलबार राजीनामा दिएका हुन् । आइतबार बसेको एमाले संसदीय दलको बैठकले राजीनामा दिने निर्णय गरेको थियो भने चैत ४ गते सो पार्टीले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपा एमालेका २०, माओवादी केन्द्रका १३ र राप्रपाका १ जना सांसद रहेका छन् । जसमध्ये माओवादी केन्द्रका सांसद धर्मराज रेग्मीलाई माओवादी केन्द्रले कारवाही गरेका कारण कर्णाली प्रदेशसभामा सांसदहरुको संख्या ३९ रहेको छ । रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

दरबाङमा शैक्षिक परामर्श कार्यक्रम(तस्विर सहित )

बेनी । म्याग्दीको दरबाङमा शनिबार अष्टे«लिया लगायत विभिन्न देशमा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीका लागि शैक्षिक परामर्श कार्यक्रम सम्पन्न भएको छ । शैक्षिक परामर्श सेवा प्रदायक अष्टे«लियन एजुकेशन कन्सल्टेन्सीको आयोजना…

thumbnail

बर्दियामा हात्तीको आक्रमणबाट बाख्रा चराउन गएकी एक महिलाको मृत्यु

काठमाडौं । बर्दियामा हात्तीको आक्रमणबाट बाख्रा चराउन गएकी एक महिलाको मृत्यु भएको छ। आइतबार दिउँसो १ बजे गेरूवा गाउँपालिका-१ भटेरा बस्ने ६० वर्षीया भुन्टी बोहरा बगुवा सामुदायिक जंगलमा बाख्रा चराउन गएकी थिइन्।…

thumbnail

नेपालमा थप ३०३ जनामा कोरोना संक्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ३ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३ सय ३ जनामा संक्रमण पुष्टि…