घटना मुख्य समाचार राष्ट्रिय समाचार समाज सुरक्षा

कालिकोटमा आगलागी, ६ घर जलेर नष्ट

कालिकोट । कालिकोट जिल्लाको पचालझरना गाउँपालिका–८ मा आगलागी हुँदा छ घर जलेर नष्ट भएका छन् । शनिबार भएको आगलागी गाउँपालिका–८ खोलीबजार, भुराबगरमा आगलागीमा छ घर जलेर नष्ट भएका हुन् । आगलागी हुँदा दुर्गा सार्की, वीरमान सार्की, भैरे सार्की, अति सार्की, धनराज सार्की र अमृते सार्कीलगायत छ जनाको घर जलेर पूर्णरुपमा नष्ट भएको पचालझरना गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले बताउनुभयो ।

आगलागी हुँदा मानवीय क्षति नभएको र अन्य एउटै घरको करीब १० देखि १५ लाखसम्मको धनमालको क्षति भएको अध्यक्ष सेजुवालले जानकारी दिनुभयो । “घरमा रहेका सबै धनमाल जलेर नष्ट भएका छन्”, उहाँले भन्नुभयो, “एउटै घरको करीब १० लाखदेखि १५ लाखसम्म धनमालको क्षति भएको छ ।”

आगलागी पीडितलाई तत्काल खान र बस्नका खाद्यान्न वितरण गरिएको अध्यक्ष सेजुवालले बताउनुभयो । “तत्काल खान र बस्नका लागि खाद्यान्नको व्यवस्था गरेको छौँ”, उहाँले भन्नुभयो, “अग्नि पीडित अहिले त्रिपाल टाँसेर बसेका छन् ।” आगलागी पीडितलाई घर निर्माणका लागि नेपाल सरकारको जनता आवास कार्यक्रममार्फत घर निर्माणको पहल थालिने अध्यक्ष सेजुवालले बताउनुभयो । रासस

 

सम्बन्धित समाचार

thumbnail

ललितपुरमा एक पुरुषको शव फेला

काठमाडौं । ललितपुरको ललितपुर महानगरपालिका–५ स्थित तिखेदेवलमा पुरुषको शव भेटिएको छ । ब्याडमिन्टन कोर्ट अगाडी काभ्रेको रोशी गाउँपालिका घर भएका ४५ वर्षीय चन्द्र लामाको शव भेटिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ…

thumbnail

माटोको ढिस्कोले पुरिएर आमा छोराको मृत्यु

बागलुङ । निसीखोलामा माटोको ढिस्कोले पुरिएर आमा छोराको मृत्यु भएको छ । शुक्रबार दिउसो निसीखोला गाउँपालिका वडा नम्बर २ काल्नेचौरमा घर पोत्ने माटो खन्ने क्रममा पुरिएर मृत्यु भएको स्थानीय शिक्षक मानबहादुर केसीले…

thumbnail

सवारी ज्यान मुद्दामा फरार वडाध्यक्ष यादव पक्राउ

काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष जयनारायण यादव पक्राउ परेका छन्। सवारी ज्यान मुद्दामा फरार रहेका उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक…