अन्तराष्ट्रिय घटना मुख्य समाचार राष्ट्रिय समाचार समाज

टेक्सासमा एक नेपालीको गोली हानी हत्या

काठमाडौं । अमेरिकामा एक नेपालीको गोली हानी हत्या भएको छ । टेक्सासको अस्टिनमा बस्दै आएका पोखरा सराङकोटका रमेश थापाको मृत्यु भएको जनाइएको छ ।

अस्टिन प्रहरी विभागका अनुसार मध्यरात त्यहाँको स्थानीय आवसीय क्षेत्रमा थापालाई गोली हानिएको थियो । घटनापछि प्रहरीलाई खबर गरेका व्यक्तिले राति १२ः३० बजेतिर गोली चलेको जनाएका थिए ।

स्प्रिङ रोडस्थित कंकड अपार्डमेन्ट (आवासगृह) क्षेत्रमा मंगलबार राति गोली हानेर हत्या गरिएको त्यहाँको प्रहरीले जनाएको छ । थापा झन्डै ११ वर्षअघि मेक्सिको हुँदै अमेरिका पुगेका थिए । पछिल्लो समय अमेरिकामा एसियाली नागरिकमाथि आक्रामणका घटना बढिरहेको समयमा यो हत्या भएको हो । नागरिक खबरबाट

सम्बन्धित समाचार

thumbnail

सगरमाथा आरोहणका क्रममा २ जनाको मृत्यु

काठमाडौं । सगरमाथा आरोहणका क्रममा दुई विदेशी आरोहीको मृत्यु भएको छ । बुधबार बिहान उनीहरुको मृत्यु भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार स्वीजरल्याण्डका आरोही अब्दुल वारिच आरोहण…

thumbnail

‘मोना गल्फ २०२१ ’को उपाधी बिमका सर्बजित जुग्जालीलाई (तस्विर सहित )

लालबहादुर पुन बेलायत । बेलायतको फोक्सटन केन्टस्थित ईचिङ्गहिल (GC)जीसि स्थित  ८ मे २०२१ शनिबार  सम्पन्न प्रथम मोना गोल्फको उपाधी   म्याग्दीको मालिका गाउँपालिका –७ बिमका सर्बजित जुग्जालीले हात पार्नुभएको छ । नेपाली नयाँ…

thumbnail

अमेरिकामा बर्थ-डे पार्टीमा नबोलाएको रिसमा ६ जनाको गोली हानी हत्या

काठमाडौँ । अमेरिकाको कोलोराडोमा भएको एक जन्मोत्सव (बर्थडे पार्टी) मा गोलीबारी हुँदा ६ जनाको मृत्यु भएको छ। कोलोरोडोका अधिकारीहरूले बताएअनुसार बन्दुकधारीलाई जन्मोत्सवमा नबोलाएको रिसमा ६ जनाको हत्या गरिएको बिबिसीले जनाएको छ। २८…