
कांग्रेसको ताकममा संगठन विस्तार
बेनी ।नेपाली कांग्रेस म्याग्दीले धवलागिरी गाउँपालिका वडा नम्बर ७ ताकममा संगठन विस्तार तथा पुनगर्ठन गरेको छ । शनिबार ताकममा आयोजित कार्यक्रममा पार्टीको वडा इकाई ,महिला संघ र तरुणदलको वडा इकाई गठन तथा…
बेनी ।नेपाली कांग्रेस म्याग्दीले धवलागिरी गाउँपालिकामा संगठन विस्तार तथा पुर्नगठन अभियान गरेको छ । बिहिबार धवलागिरी गापा–४ मुदीमा वडा इकाई, भ्रातृ संस्था नेपाल तरुण दल , नेपाल महिला संघ र राष्ट्रिय मगर संघको संगठन विस्तार गरेको छ । मुदीमा आयोजित भेलाबाट गौबहादुर रोकाको सभापतित्वमा इकाई गठन भएको छ । उपसभापतिमा शेरबहादुर पुन, सचिव बेलबहादुर घर्ती,सह–सचिव तेजिन पुन र कोषाध्यक्ष कुल तुलाचन रहनुभएको १३ सदस्यीस्य समिति गठन भएको छ ।
त्यस्तै नेपाल तरुण दल मुदीको सभापतिमा योगेन्द्र घर्ती, उपाध्यक्षा, हिकमन घर्ती,सचिव रकबहादुर पुन,कोषाध्यक्ष लक्ष्मण तुलाचन सहित ४१ सदस्यीय समिति गठन भएको तरुण दल म्याग्दीका सचिव नगेन्द्र मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार उजिर घर्ती मगरको संयोजकत्वमा १३ सदस्य राष्ट्रिय मगर संघ र गममायाँ घर्तीको अध्यक्षतामा ९ सदस्यीय महिला संघ गठन गरिएको छ ।
पार्टी सभापति खमबहादुर गर्बुजा खम्बिरले जिल्लाका सबै स्थानीय तहमा पुगेर जनताका समस्या, आवश्यकता र गुनासोलाई सम्बोधन गर्ने प्रयासमा पार्टी रहेको बताउनुभयो । ‘हामीले आश्वासन दिएर जनताबाट मत बटुल्ने प्रयास गर्दनौ,‘निरन्तर जनताको माझमै रहेर पार्टीका अभियान सञ्चालन गर्नेछौ’ सभापति गर्बुजाले भन्नुभयो ।
सोही अवसरमा संविधानसभाका सदस्य एवम् निर्वतमान सभापति रेशमबहादुर बानियाँले जनताको बलिदानबाट प्राप्त संविधानलाई समेत च्यात्ने प्रयास भएको बताउँदै संविधानको रक्षाका लागी कांग्रेसले निरन्तर खवरदारी गर्ने बताउनुभयो ।
कार्यक्रममा पार्टी सचिव मिनबहादुर कार्की, महिला संघ म्याग्दीकी सभापति बिमला गौचन, जिल्ला कार्यसमिति सदस्य बलभद्र ढकाल,मनकुमारी विक क्षेत्रीय उपसभापति मेकबहादुर पुन,राष्ट्रिय मगर संघका धवलागिरी देबेन्द्र रोका, धौलागिरी गाउँपालिका सभापति प्रेम पुन लगायतको उपस्थिती रहेको थियो ।
सोही अवसरमा मुदीका विभिन्न बस्तीमा पुगेर जनतामाझमा कार्यक्रम गर्ने समेत नवनिर्वाचित टोलीले प्रतिबद्धता जनाएको थियो । मुदी इकाई सभापति गौबहादुर रोकाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नगेन्द्र मल्लले गर्नुभएको थियो ।
बेनी ।नेपाली कांग्रेस म्याग्दीले धवलागिरी गाउँपालिका वडा नम्बर ७ ताकममा संगठन विस्तार तथा पुनगर्ठन गरेको छ । शनिबार ताकममा आयोजित कार्यक्रममा पार्टीको वडा इकाई ,महिला संघ र तरुणदलको वडा इकाई गठन तथा…
म्याग्दी । म्याग्दी र छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकामा निशुल्क आँखा परिक्षण कार्यक्रम सञ्चालन हुने भएको छ । लायन्स क्लबको आयोजना तथा हिमालयन आँखा अस्पताल पोखरा, नेत्रज्योती संघ बेनी , नेपाल रेडक्रस…
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष पुर्म पुन र सचिव शिलु आले मगरले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । झुटा बिबरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई…