अन्नपूर्ण गाउँपालिका खेलकुद बेनी नगरपालिका मुख्य समाचार म्याग्दी म्याग्दी न्युज विशेष

प्रथम कोरला कप :  पुरुषतर्फ घतान र महिलातर्फ नारच्याङ विजयी

म्याग्दी। म्याग्दी कोरला यातायात प्रा.लीको तेस्रो बार्षिकत्सवको अवसरमा आयोजित प्रथम कोरला कप भलिबलको उपाधि पुरुष तर्फ घतान र महिलातर्फ नारच्याङले जितेको छ । शनिबार सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा सम्पन्न फाईनलमा बेनी नगरपालिकाकाे ९ घतानले वडानम्वर ५ पुलाचौरलाई पराजित गर्दै उपाधि जितेको हो । महिलातर्फ अन्नपुर्ण गाउँपालिकाको वडानम्वर ४ नारच्याङले वडा नम्वर ३ दानलाई सोझो सेटमा पराजित गर्दै उपाधी जितेको थियो ।


विजेता टिमलाई जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, प्रालीका अध्यक्ष सुरत केसी लगायतको उपस्थितमा पुरस्कार वितरण गरिएको थियो ।
प्रतियोगितामा पुरुष बिजेता र उपविजेताले क्रमश ५५ हजार ५५५ रुपैया र ३३ हजार ३३३ रुपैया प्राप्त गरे भने महिलातर्फ विजेता र उपविजेताले ३३ हजार ३३३ र २२ हजार २२२ रुपैया नगदसहित मेडल र ट्रफी प्रदान गरिएको खेलकुद संयोजक कुमार किसानले बताउनुभयो ।

प्रतियोगितामा बेस्ट प्लेयर, सेटर, ब्लकर स्पाइकर, सर्भर तथा अनुशासित र प्रालीका उतकृष्ट कर्मचारीलाई समेत सम्मान गरिएको थियो ।

सम्बन्धित समाचार

thumbnail

म्याग्दीमा थपिए १२ जना कोरोना संक्रमित

म्याग्दी । म्रिस्तिखोला हाईड्रोमा काम गर्ने कन्ट्याक्ट ट्रेसिङमा  परेका व्यक्तिहरुको मिति यही १६ गते ७६ वटा नमुना संकलन गरी पिसिआर परिक्षणका लागि पठाईएकोमा प्राप्त रिपोर्ट अनुसार अन्नपूर्ण गाउँपालिका वडा नं ४ मा…

thumbnail

भिसा सकिएका अमेरिकी नागरिक शिखबाट आफ्नो देश फर्कन मानेनन्

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा एक अमेरिकी नागरिक अवैधरूपमा बसेका छन्।नेपाल भ्रमणको भिसा सकिएको एक वर्षभन्दा बढी समय भए पनि ती नागरिकले आफ्नो देश फर्कन बेवास्ता गरेका हुन्। संयुक्त राज्य अमेरिकाको…

thumbnail

पत्रकार पूर्णिमा श्रेष्ठको टोली अन्नपूर्ण आरोहणमा

पोखरेबगर । पत्रकार पूर्णिमा श्रेष्ठ अन्नपूर्ण हिमाल आरोहणको लागि शनिबार म्याग्दी आउनुभएको छ। गोरखा आरुघाटकी पूर्णिमालाई शनिबार एक कार्यक्रमका विच अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्वुजा पुनले आरोहण सफलताको कामनासहित टोलीलाई बिदाई…