अपराध आर्थिक राष्ट्रिय समाचार समाज सुरक्षा

प्रहरीसँगको मुद्दा मिलाइदिन्छु भन्दै पैसा मागेको आरोपमा एक पक्राउ

काठमाडौं । प्रहरीसँगको मुद्दा मिलाइदिन्छु भन्दै सर्वसाधारणसँग पैसा मागेको आरोपमा प्रहरीले हेटौंडाबाट एकजनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–१ का ३० वर्षीय सन्जोग लामालाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।

लामाले आफू लेखनदासको काम गर्ने र प्रहरीसँग जुनसुकै काम गराइदिन्छु भन्दै सर्वसाधारणसँग रकम माग्ने गरेको गुनासो आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । नागरिक खबरबाट

 

सम्बन्धित समाचार

thumbnail

पर्सामा निषेधाज्ञा उल्लंघन गर्ने ५ जनाविरुद्ध मुद्दा

काठमाडौं । पर्साको वीरगञ्जमा निषेधाज्ञा उल्लंघन गर्ने ५ जनालाई प्रहरीले पक्रेर मुद्दा चलाएको छ । पर्सा जिल्लामा जेठ ६ सम्म लागू हुनेगरी प्रमुख जिल्ला अधिकारीको निषेधाज्ञा जारी गरेका छन् । निषेधाज्ञा उल्लंघन…

thumbnail

सवारी ज्यान मुद्दामा फरार वडाध्यक्ष यादव पक्राउ

काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष जयनारायण यादव पक्राउ परेका छन्। सवारी ज्यान मुद्दामा फरार रहेका उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक…

thumbnail

लागु औषधसहित १ जना पक्राउ

महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिका–१४ बाट प्रहरीले लागु औषधसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २५ वर्षीय राकेश श्रीनेत ठकुरी छन् । ईलाका प्रहरी कार्यालय बर्दिवासबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको…