अपराध घटना मुख्य समाचार राष्ट्रिय समाचार समाज

बलात्कार मुद्दाका फरार ३ जना पक्राउ

काठमाडौं । बलात्कार र बलात्कार प्रयास गरेको मुद्दाका फरार ३ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपािलका–१५ रानी घर भएका ४० वर्षीय दिनेश शाह, कटहरी गाउँपालिका–१ घर भएका अवधेश राय र गणेश दास छन् ।

जिल्ला अदालत मोरङले ०६८ मंसिरमा दिनेश शाहलाई २ वर्ष कैद सजाय हुने फैसला गरेको छ । उनलाई प्रहरीले विराटनगर–१५ ढाटबाट पक्रेर अदालत बुझाएको छ । अवधेश र गणेशले चैत १६ मा कटहरी गाउँपालिका–१ मा एकजना महिलालाई बलात्कार प्रयास गरेर भागेका थिए । उनीहरुलाई धनकुटाको भेडेटारबाट पक्राउ गरेर थप अनुसन्धान शुरु गरिएको जिप्रका मोरङका प्रवक्ता (डिएसपी) मानबहादुर राईले रातोपाटीलाई बताए । रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

युरोकप फुटबल हेरेर होटलमा झगडा गर्ने खेलाडी र होटल संचालक पक्राउ, जरिवाना तिरेर रिहा

काठमाडौँ । काठमाडौंको त्रिपुरेश्वरस्थित युनाइटेड बिजनेस होटलमा युरोकप फुटवल हेर्दा विवाद गरेर झगडा गर्ने खेलाडी र होटल संचालकलाई स्थानीय प्रशासनले जरिवाना गरेको छ । जेठ ३० गते विहान ३ बजेतिर झगडा परेको…

thumbnail

कटुवा पेस्तोलसहित एक पक्राउ

जनकपुरधाम । सिरहा प्रहरीले कटुवा पेस्तोलसहित आइतबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुखीपुर नगरपालिका ७ बलही निवासी ४७ बर्षीय गणेश कुमार सिंह छन् । आफ्नो घर नजिकै लुकाएको एक…

thumbnail

बागलुङमा गोरु काटेको आरोपमा १० जना पक्राउ

बागलुङ । बागलुङमा गोरु काटेको आरोपमा १० जना पक्राउ परेका छन् । प्रहरीले जिल्लाको गलकोट नगरपालिकाका युवाहरुलाई गोरु काटेर मासु खाएको आरोपमा पक्राउ गरेको हो । शुक्रबार राती गलकोट नगरपालिका वडा नम्बर…