मालिका गाउँपालिका राजनिति स्थानीय

बिममा माओवादी केन्द्र र जनवर्गीय संगठनको वडा कमिटी पुनर्गठन

बिम । नेकपा माओवादी केन्द्रको मालिका गाउँपालिका–७ बिममा पार्टी र जनवर्गीय संगठनको वडा कमिटि पुनगठन भएको छ ।बिममा आइतबार भएको कार्यकर्ता भेलाले पार्टी, वाइसीएल र दलित मुक्त मोर्चा पुनगठन गरेको हो । धनकुमार पाइजा इञ्चार्ज, वुद्धीबहादुर जुग्जाली अध्यक्ष र होमन जुग्जाली सचिब रहेको ३७ सदस्यीय माओवादी केन्द्रको वडा कमिटि पुर्नगठन भएको छ ।

यस्तै म्यादीस गर्बुजा अध्यक्ष, बिष्णु सुबेदी उपाध्यक्ष, तिककुमार पाइजा सचिब, प्रेम बि.क सहसचिब, सरणकुमार जुग्जाली कोषाध्यक्ष रहनुभएको २७ सदस्यीय वाइसीयलको वडा कमिटि गठन भएको छ ।

यसैगरी तिर्थ नेपालीको अध्यक्षतामा १५ सदस्यीय दलित मुक्ती मोर्चाको वडा कमिटि गठन भएको छ । बिमका वडा अध्यक्ष समेत रहनुभएका नेकपा माओवादी केन्द्रका जिल्ला कमिटिको कार्यालय सदस्य रेशम जुग्जाली (सुबिन)को उपस्थितिमा भेला सम्पन्न भएको थियो ।

भेलालाई सम्बोधन गर्दै जुग्जालीले संबिधान, संघियता, गणतन्त्र लगायत जनयुद्ध, जनआन्दोलनका राजनीतिक उपलब्धिको रक्षा गर्दै नेपाललाई आर्थिक, सामाजिक र भौतिक बिकासको गतिमा अघि बढाउन माओवादी केन्द्रमा आवद्ध भई पार्टी पुननिर्माणमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

मालिका गाउँपालिकाको अन्य वडामा पनि पार्टी र जनवर्गीय संगठन पुनगठन अभियानलाई तिब्रता दिएको नेता जुग्जालीले बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटन गर्ने कदम, सर्वोच्चको संसद पुनस्थापना र नेकपा एकतालाई मान्यता नदिने फैसलापछि एमाले र माओवादी केन्द्र पुनस्थापीत भएसँगै दुवै पार्टीले राजनीतिक गतिबिधीलाई तिब्रता दिएका छन् ।

सम्बन्धित समाचार

thumbnail

११ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ (भिडिओ)

बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ देबिस्थानमा ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा देबिस्थानका २१ बर्षिय बिजय बिक छन् । बैशाख १४…

thumbnail

देविस्थानका पुनको हत्यामा संलग्न ५ जना सार्वजनिक (भिडिओ)

बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ पुनथोकका धजेन्द्र पुनको हत्यामा संलग्न ५ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । २०७८ बैशाख १४ गते देखि हराउनुभएका धजेन्द्र पुनको २५ गते सोही पुनथोकको…

thumbnail

मालिका गाउँपालिकामा लकडाउन ,अत्यावश्यक बाहेकका सेवा बन्द

बेनी । म्याग्दीको मालिका गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागी लकडाउन गर्ने भएको छ । गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरको अध्यक्षतामा  बैँक तथा वित्तिय र सहकारी संस्था, उद्योग वाणिज्य संघ मालिकाा इकाइ…