म्याग्दी राजनिति समाचार समाज स्थानीय

युवा संघ म्याग्दीको अध्यक्षमा गौचन

म्याग्दी। नेकपा एमाले निकट युवा संघ नेपाल म्याग्दीको अध्यक्षमा अनुप गौचन चयन हुनुभएको छ । एमालेको माधब, झलनाथ समुह निकट युवाहरुको बेनीमा भएको भेलाले गौचनको अध्यक्षमा ५१ सदस्यीय जिल्लाकार्य समिति चयन भएको छ ।

कमिटीकाे उपाध्यक्षमा कर्ण छन्त्याल, सचिबमा कमल किसान, काेषाध्यक्षमा आकास केसी लगाएत रहनुभएकाे छ । उक्त कार्यक्रममा बोल्दै माधव, झलनाथ खनाल समुहका जिल्ला अध्यक्ष बालकृष्ण सुबेदीले पार्टीकाे माहधिवेशनबाट पारित विधान,नीति र निर्वाचित कमिटिलाई शिराेपर गरि पार्टी सन्चालन हुनुपर्नेमा ओलीले पार्टीलाई बिभाजनतर्फ लैजाने काम गरेकाे बताउनुभयाे ।

सर्वाेच्च अदालतकाे फैसलाले पार्टीको पुर्ववत संरचनामा फर्काएकाे अवस्थामा ओलीले कम्युनिष्ट आन्दोलन मास्न लागेकाले ओली प्रवृतिकाे विरूद्दमा उत्रनुपरेकाे बताउनुभयाे । कार्यक्रममा एमालेका युवा नेता राजकुमार थापा , रूद्र किसान, युवा संघका केन्द्रीय उपाध्यक्ष कृष्णकुमार विश्वकर्माले ओली कम्युनिष्ट अान्दाेलनकाे रक्षाका लागि युवाहरू संगठित हुनुपर्नेमा जाेड दिनुभयो । चन्द्र जुग्जालीकाे अध्यक्षता र नवीन खत्रीकाे संचालनमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

सम्बन्धित समाचार

thumbnail

दरबाङमा शैक्षिक परामर्श कार्यक्रम(तस्विर सहित )

बेनी । म्याग्दीको दरबाङमा शनिबार अष्टे«लिया लगायत विभिन्न देशमा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीका लागि शैक्षिक परामर्श कार्यक्रम सम्पन्न भएको छ । शैक्षिक परामर्श सेवा प्रदायक अष्टे«लियन एजुकेशन कन्सल्टेन्सीको आयोजना…

thumbnail

सिद्धिविनायक सहकारीको अध्यक्षमा बोहोरा

म्याग्दी । सदरमुकाम बेनीमा सञ्चालित सिद्धिविनायक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौँ वार्षिक साधारणसभा तथा चौँथौं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । चौथो अधिवेशनबाट कुल बहादुर बोहोराको अध्यक्षतामा नयाँ सञ्चालक…

thumbnail

ज्यामरुकोटमा तरुणदल र महिला संघ गठन

म्याग्दी । नेपाली कांग्रेस म्याग्दीको भातृ संस्था नेपाल तरुण दल जिल्लामा संगठन विस्तारलाई तिब्रता दिएको छ । यसै बिच शनिबार बेनी नगरपालिका–२ ज्यामरुकोटमा तरुण दल र महिला संघ वडा इकाई समिति गठन…