मुख्य समाचार राजनिति राष्ट्रिय समाचार समाज

राष्ट्रिय जनमोर्चाले नयाँ नेतृत्व चयन गर्दै

बुटवल । बुटवलमा जारी राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन बिहिबार सम्पन्न हुँदैछ । नयाँ नेतृत्व चयन गर्दै राष्ट्रिय सम्मेलन सम्पन्न भएको जनमोर्चाले जनाएको छ । विगत तीन दिनदेखि बन्दसत्र चलिरहेको छ । हरेक ५ वर्षमा सम्मेलन गर्नुपर्ने व्यवस्थाअनुसार पार्टीको संगठनात्मक संरचना बनाउन सम्मेलन गरिएको हो । सम्मेलनबाट राजनीतिक सांगठनिक प्रतिवेदनसमेत सर्वसम्मतले पास भएको छ भन्ने आर्थिक प्रतिबेदन पास हुन बाँकी रहेको राष्ट्रिय जनमोर्चाको सचिवालयले जनाएको छ ।

बैठकले सम्मेलनमा पारित हुने दस्तावेजहरूको मस्यौंदा तयार गर्न अध्यक्ष चित्रबहादुर केसीको संयोजकत्वमा ५ सदस्यीय दस्तावेज मस्यौदा समिति गठन गरेको थियो । सदस्यहरुमा उपाध्यक्ष दुर्गा पौडेल, महासचिव जनकराज शर्मा, कोषाध्यक्ष हिमलाल पुरी र केन्द्रीय सदस्य मनोज भट्ट रहेका छन् ।

त्यस्तै महासचिव जनकराज शर्माको संयोजत्वमा १३ सदस्यीय सम्मेलन व्यवस्थापन समितिको गठन भएको हो । सदस्यहरूमा उपाध्यक्षद्वय बद्रे आलम र दुर्गा पौडेल, केन्द्रीय सदस्यहरु कृष्णबहादुर खड्का, नन्दराज भट्ट, झविलाल थापा, घनश्याम न्यौपाने, लालबहादुर थापा, सुधा शर्मा, सल्लाहकार अमर थापा र अमर नेपाली तथा हरिकिशोर महतो रहेका छन् ।

‘भ्रष्टाचार व्यापक रुपले मौलाएको छ । माफियाहरूको चलखेल बढेको छ । गरिबी, बेरोजगारी, हत्या हिंसा र बलात्कारका घटनाहरु बढेका छन् । राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय अखण्डतामाथि वैदेशिक हस्तक्षेप बढ्दो छ’ राष्ट्रिय जनमोर्चाले भनेको छ । रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

दरबाङमा शैक्षिक परामर्श कार्यक्रम(तस्विर सहित )

बेनी । म्याग्दीको दरबाङमा शनिबार अष्टे«लिया लगायत विभिन्न देशमा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीका लागि शैक्षिक परामर्श कार्यक्रम सम्पन्न भएको छ । शैक्षिक परामर्श सेवा प्रदायक अष्टे«लियन एजुकेशन कन्सल्टेन्सीको आयोजना…

thumbnail

बर्दियामा हात्तीको आक्रमणबाट बाख्रा चराउन गएकी एक महिलाको मृत्यु

काठमाडौं । बर्दियामा हात्तीको आक्रमणबाट बाख्रा चराउन गएकी एक महिलाको मृत्यु भएको छ। आइतबार दिउँसो १ बजे गेरूवा गाउँपालिका-१ भटेरा बस्ने ६० वर्षीया भुन्टी बोहरा बगुवा सामुदायिक जंगलमा बाख्रा चराउन गएकी थिइन्।…

thumbnail

नेपालमा थप ३०३ जनामा कोरोना संक्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ३ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३ सय ३ जनामा संक्रमण पुष्टि…