अपराध घटना मुख्य समाचार राष्ट्रिय समाचार समाज

ललितपुरको सडकमा चितुवाको छाला फेला

काठमाडौं । ललितपुरको कुसुन्तीमा बेवारिसे अवस्थामा चितुवाको छाला फेला परेको छ । ललितपुर महानगरपालिका–१३ मा जेब्रा झोलामा प्याक गरेर छोडेको अवस्थामा चितुवाको छाला भेटिएको महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यले बताउनुभयो ।

चितुवा शिकार गर्ने समूहले छाला झोलामा छाडेर भागेको सुराक पाएपछि महानगरीय प्रहरी वृत सातदोबाटोबाट खटिएको टोलीले सो सामान बरामद गरेको हो । प्रहरीले बरामद गरेको छाला डिभिजन वन कार्यालय गोदावरीमा बुझाएको छ । रातोपाटीबाट

 

सम्बन्धित समाचार

thumbnail

प्रहरीसँगको मुद्दा मिलाइदिन्छु भन्दै पैसा मागेको आरोपमा एक पक्राउ

काठमाडौं । प्रहरीसँगको मुद्दा मिलाइदिन्छु भन्दै सर्वसाधारणसँग पैसा मागेको आरोपमा प्रहरीले हेटौंडाबाट एकजनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–१ का ३० वर्षीय सन्जोग लामालाई प्रहरीले शनिबार पक्राउ गरेको हो । लामाले आफू…

thumbnail

लाहानका सुनचाँदी व्यवसायीको हत्या गर्ने दुईजना पक्राउ

जनकपुरधाम । लाहानका सुनचाँदी व्यवसायीको हत्या गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । लाहानका सुनचाँदी व्यवसायी प्रदीप विश्वकर्मालाई गए राति १२ बजे गोली हानी हत्या गरेका थिए । लाहान नगरपालिका ७…

thumbnail

सिरहा बम बिस्फोटमा संलग्न थप एकजना पक्राउ

लहान । सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम बिस्फोट गराएको आरोपमा सिरहा प्रहरीले आज बिहान थप एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका–३ लवकाटोल निवासी २० वर्षीय गुडु…