लाइन काटेर बक्यौता उठाउँदै प्राधिकरण

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काटेर बक्यौता महसुल उठाउन थालेको छ । विद्युत् महसुल समयमा बुझाउन नआएका ग्राहकको लाइन काटेर वितरण केन्द्रले बक्यौता तिर्न ताकेता गरेको हो । गत फागुन मसान्तसम्म जिल्लाभर ४१७ ग्राहकको महसुल उठ्न बाँकी थियो ।

मिटर रिडिङ भएको ६० दिनदेखि दुई वर्षसम्म महसुल नतिरेका ग्राहकलाई कालो सूचीमा राखेर वितरण केन्द्रले लाइन काट्ने अभियान थालेको थियो । धमाधम लाइन काटिन थालेपछि महसुल तिर्न बाँकी रहेका ३८८ ग्राहकले महसुल बुझाएको वितरण केन्द्रका प्रमुख शिवनारायण गोशलीले बताए ।

व्यक्तिगत र व्यावसायिक प्रतिष्ठानमा बाँकी रहेको रु ४० लाख ९९ हजार बक्यौता रकम उठेको गोशलीले बताए । लाइन काटिएकामध्ये २९ ग्राहकले अझै महसुल बुझाउन बाँकी छ। विद्युत् महशुल नियमावली २०७७ को विनियम ७ को उपनियम ३ बमोजिम ६० दिनसम्म महसुल बुझाउन नआउने ग्राहकको विद्युत् बिना जानकारी प्राधिकरणले काट्न पाउने व्यवस्था छ।

लाइन काटिएपछि बक्यौता बुझाएका ग्राहकको घरमा पुनः विद्युत् जडान गरिएको उनले बताए । बक्यौता रकम समयमा असूल उपर गर्नका लागि प्राधिकरणले कडा कदम चाल्नु परेको उनको भनाइ छ। रासस

सम्बन्धित समाचार

thumbnail

कुलमानविरुद्धको रिटमा अन्तरिम आदेश जारी भएन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सरकारले २७ साउनमा हितेन्द्रदेव शाक्यलाई हटाएर कुलमानलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक…

thumbnail

लिटमस केबलको ब्रान्ड एम्बेसडरमा राजेश हमाल र मधु भट्टराई नियुक्त

काठमाडौं । लुम्बिनी विद्युत उद्योगको उत्पादन लिटमस केवल ब्रान्डले कम्पनीको ब्रान्ड एमबेसडरमा नायक राजेश हमाल र मोडल मधु भट्टराईलाई नियुक्त गरेको छ । कम्पनीले आफ्ना उत्पादनहरुको प्रवर्धन एवं विस्तार गर्नको लागि हमाल…

thumbnail

पहिरोले प्रसारण लाइन टावर ढाल्दा ६८.२ मेगावाट उत्पादन बन्द

काठमाडौँ । अविरल वर्षका कारण पर्वतमा प्रसारणलाइन टावर ढल्दा ६८.२ मेगावाट बराबरको विद्युत् केन्द्रको उत्पादन बन्द भएको छ । पर्वतको जिल्ला सदरमुकाम कुश्मानजिकै रहेको नेपाल विद्युत् प्राधिकरणको मोदी खोला विद्युत्गृह र निजी…