मुख्य समाचार म्याग्दी न्युज विशेष राजनिति राष्ट्रिय स्थानीय

सत्ता पक्षबाटै जनस्वास्थ्य मापदण्ड उल्लंघन भएको भन्दै कांग्रेस म्याग्दीद्वारा ध्यानाकर्षण

बेनी ।कोरोनाको दोस्रो लहर तीव्र फैलिइरहँदा समेत नेपाल सरकारले तोकेको मापदण्डको उल्लंघन भइरहेको नेपाली कांग्रेस म्याग्दीले आरोप लगाएको छ ।जिल्ला सभापति खमबहादुर गर्बुजा (खम्बिर)द्वारा बिहिबार जारी प्रेस विज्ञप्तीमा सरकारको नेतृत्वकर्ता प्रधामन्त्री केपी शर्मा ओलीको पार्टी नेकपा एमालेले कोरोना भाइरस (कोभिड–१९) महामारीलाई समेत बेवास्ता गरी सरकार र स्थानीय प्रशासनले तोकेको मापदण्डलाई लत्ताउँदै उद्घाटन, भेला, प्रशिक्षण जस्ता गतिविधि गरिरहेको प्रति गम्भीर असहमति उल्लेख छ । विज्ञप्तीमा यस्तो अवस्थामा कांग्रेसले सरकारले तोकेको मापदण्ड अनुसार पार्टीका गतिविधि स्थगित गरेको र अर्को सूचना जारी नहुदाँसम्म नगर्ने प्रतिबद्धता समेत जनाइएको छ ।

सरकार निकाट पार्टीले यस समयमा गरेको गतिविधिप्रति पूर्णरुपमा असहमति जनाउँदै तत्काल रोक्न समेत माग गरेको नेपाली कांग्रेसको विज्ञप्तीमा जनाइएको छ ।

कांग्रेसले जिल्ला प्रशासन कार्यालयको आदेशमा तोकिए अनुसारका गतिविधि सञ्चालनमा पूर्ण रुपमा पालना गरी सङ्क्रमण फैलिन नदिनका लागि सरकारी प्रयासमा सहयोग गर्ने बाचा समेत गरेको छ।

म्याग्दीमा विगतमा समेत राजनीतिक दलका गतिविधि कोरोनाको महामारीमा तिब्र गतिमा हुने गरेको सरोकारवाला निकायले समेत आलोचना गर्ने गरेका थिए । म्याग्दीमा कोरोनाको पहिलो लहरमा राजनीतिक दलले रोकथाम र नियन्त्रणमा साझा संकल्प समेत गरेका थिए ।

सम्बन्धित समाचार

thumbnail

ललितपुरमा एक पुरुषको शव फेला

काठमाडौं । ललितपुरको ललितपुर महानगरपालिका–५ स्थित तिखेदेवलमा पुरुषको शव भेटिएको छ । ब्याडमिन्टन कोर्ट अगाडी काभ्रेको रोशी गाउँपालिका घर भएका ४५ वर्षीय चन्द्र लामाको शव भेटिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ…

thumbnail

माटोको ढिस्कोले पुरिएर आमा छोराको मृत्यु

बागलुङ । निसीखोलामा माटोको ढिस्कोले पुरिएर आमा छोराको मृत्यु भएको छ । शुक्रबार दिउसो निसीखोला गाउँपालिका वडा नम्बर २ काल्नेचौरमा घर पोत्ने माटो खन्ने क्रममा पुरिएर मृत्यु भएको स्थानीय शिक्षक मानबहादुर केसीले…

thumbnail

म्याग्दीमा थपिए ५२ जना कोरोना संक्रमित

बेनी । म्याग्दीमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार म्याग्दीमा २७ महिला र २५ जना पुरुष गरी ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो…