अपराध घटना मुख्य समाचार राष्ट्रिय समाचार समाज

सिरहा बम बिस्फोटमा संलग्न थप एकजना पक्राउ

लहान । सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम बिस्फोट गराएको आरोपमा सिरहा प्रहरीले आज बिहान थप एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका–३ लवकाटोल निवासी २० वर्षीय गुडु भन्ने रामजतन मुखिया रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले लहान–१ लोकतन्त्रचोकबाट मुखियालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक तपनकुमार दाहालले जानकारी दिए ।

एक कर्मचारीसहित आठ घाइते हुने गरी यही चैत १ गते भएको प्रेसर कुकर बम विस्फोटमा संलग्न रहेको आरोपमा सिरहाको सुखीपुर नगरपालिका–५ निवासी २५ वर्षीय रामरिझन यादव र लक्ष्मीपुर निवासी २६ वर्षीय अभिमन्यू गिरीलाई पक्राउ गरेको थियो ।बम विस्फोटको जिम्मा घटनाकै दिन तराई जनतान्त्रिक मुक्तिमोर्चा गोइत समूहले लिएको थियो । नागरिक खबरबाट

सम्बन्धित समाचार

thumbnail

पर्सामा निषेधाज्ञा उल्लंघन गर्ने ५ जनाविरुद्ध मुद्दा

काठमाडौं । पर्साको वीरगञ्जमा निषेधाज्ञा उल्लंघन गर्ने ५ जनालाई प्रहरीले पक्रेर मुद्दा चलाएको छ । पर्सा जिल्लामा जेठ ६ सम्म लागू हुनेगरी प्रमुख जिल्ला अधिकारीको निषेधाज्ञा जारी गरेका छन् । निषेधाज्ञा उल्लंघन…

thumbnail

सवारी ज्यान मुद्दामा फरार वडाध्यक्ष यादव पक्राउ

काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष जयनारायण यादव पक्राउ परेका छन्। सवारी ज्यान मुद्दामा फरार रहेका उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक…

thumbnail

लागु औषधसहित १ जना पक्राउ

महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिका–१४ बाट प्रहरीले लागु औषधसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २५ वर्षीय राकेश श्रीनेत ठकुरी छन् । ईलाका प्रहरी कार्यालय बर्दिवासबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको…