अन्नपूर्ण गाउँपालिका म्याग्दी समाचार स्थानीय स्वास्थ्य

अन्नपूर्णको कोभिड अस्पताललाई घोडेपानीकी होटल ब्यवसायी पुनको सहयोग

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले नारच्याङमा सञ्चालन गरेको कोरोना अस्पताललाई घोडेपानीकी होटल ब्यवसायी मिना पुनले स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । घोडेपानीको सुपर भ्यू होटलकी सञ्चालक पुनले कोरोना अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा आवश्यक पर्ने पचास हजार रुपैयाँ मूल्य बराबरको सामग्री सहयोग गर्नुभएको हो ।

पल्स अक्सिमिटर, स्यानीटाइजर, मास्क, भिटामिन सि, डि जिंक, डिकोल्ड, लिभोसिट्रिजिन लगायतका सामग्री सहयोग गर्नुभएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक समुन्द्र बरुवालले जानकारी दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुन र अस्पताल समितिका संयोजक ओमप्रकाश फगामीलाई पुनले सामग्री हस्तान्तरण गर्नुभएको थियो । यसैगरी अस्पतालमा निशूल्क रुपमा सेवा गर्न आउनुभएका चिकित्सक श्रेयश पराजुलीलाई स्वागत गरिएको थियो । नारच्याङमा २५ शैया क्षमताको आइसोलेशन सञ्चालन भएको छ ।

यसैगरी मातृभूमी सेवा समाजले अन्नपूर्ण गाउँपालिका–६ घारको स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । १० थान अक्सिमिटर, १० थान पिपिई, ५ थान थर्मोमिटर, एक हजार मेडिकल मास्क र दुई सय वटा सर्जिकल गोल्ब सहयोग गरेको हो ।

सम्बन्धित समाचार

thumbnail

बेनी-जोमसोम सडक अवरुद्ध

बेनी । बेनी -जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ दाना रुप्से छहरा स्थित सडकको हिलोमा ट्रक फसेपछि आइतबार सांझ देखी पुर्ण रुपमा सडक अवरुद्ध भएको हो…

thumbnail

अन्नपुर्ण गाउँपालिकाद्धारा कृषकलाई माछाका भुरा वितरण

पोखरेबगर । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाले कृषकहरुलाई माछाका भुरा वितरण गरेको छ । गाउँपालिकाको पशु सेवा शाखाको बार्षिक स्विकृत कार्यक्रम अनुसार वडा नम्बर १ बाहेक सबै वडाका २२ जना कृषकहरुलाई २५ हजार भुरा…

thumbnail

एमाले प्रवेश गरेका भुरुङ्ग–तातोपानीका वडा अध्यक्ष फगामी माओवादी केन्द्रमै फर्किए

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग–तातोपानीका वडा अध्यक्ष ओम फगामी नेकपा माओवादी केन्द्रमा खुल्नुभएको छ । एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको एकतालाई सर्वोच्च अदालतले मान्यता नदिएर पुर्ववत पार्टी यथावत भएपछि…