अन्तराष्ट्रिय मुख्य समाचार राष्ट्रिय समाचार समाज सुरक्षा

बंगलादेशबाट आइपुग्यो ७ हजार डोज ‘रेम्डेसिभिर’

काठमाडौं । कोरोना भाइरस सङ्क्रमितको उपचारका लागि प्रयोग हुने औषधि ‘रेम्डेसिभिर’ बंगलादेशबाट नेपाल आइपुगेको छ । औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले हिजो आइपुग्नु पर्ने ७ हजार डोज औषधि आज (मंगलबार) नेपाल आइपुगेको जानकारी दिए ।

पछिल्लो समय कोभिडका बिरामी बढ्दै गएपछि ‘रेम्डेसिभिर’ औषधिको माग पनि बढ्दै गएको र सोही माग अनुसार बंगलादेशबाट ७ हजार डोज औषधि नेपाल ल्याइएको उनले बताए । साथै भोलि पनि केही मात्रामा औषधि नेपाल आइपुग्ने उनले बताए ।

उनले सो औषधि कोभिड अस्पतालहरुमा आजै पठाउने तयारी भइरहेको जानकारी दिए । सङ्क्रमित बिरामीको अवस्था हेरेर फरक–फरक डोजमा दिइने रेम्डेसिभिर औषधि पछिल्लो केहि समयदेखि बजारमा अभाव देखिएको थियो । थप अभाव हुन नदिन आधिकारिक आयातकर्ताको पहलमा औषधि व्यवस्था विभागले बंगलादेशबाट उक्त औषधि ल्याउन सुरु गरेको हो । नागरिक खबरबाट

सम्बन्धित समाचार

thumbnail

सगरमाथा आरोहणका क्रममा २ जनाको मृत्यु

काठमाडौं । सगरमाथा आरोहणका क्रममा दुई विदेशी आरोहीको मृत्यु भएको छ । बुधबार बिहान उनीहरुको मृत्यु भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार स्वीजरल्याण्डका आरोही अब्दुल वारिच आरोहण…

thumbnail

‘मोना गल्फ २०२१ ’को उपाधी बिमका सर्बजित जुग्जालीलाई (तस्विर सहित )

लालबहादुर पुन बेलायत । बेलायतको फोक्सटन केन्टस्थित ईचिङ्गहिल (GC)जीसि स्थित  ८ मे २०२१ शनिबार  सम्पन्न प्रथम मोना गोल्फको उपाधी   म्याग्दीको मालिका गाउँपालिका –७ बिमका सर्बजित जुग्जालीले हात पार्नुभएको छ । नेपाली नयाँ…

thumbnail

अमेरिकामा बर्थ-डे पार्टीमा नबोलाएको रिसमा ६ जनाको गोली हानी हत्या

काठमाडौँ । अमेरिकाको कोलोराडोमा भएको एक जन्मोत्सव (बर्थडे पार्टी) मा गोलीबारी हुँदा ६ जनाको मृत्यु भएको छ। कोलोरोडोका अधिकारीहरूले बताएअनुसार बन्दुकधारीलाई जन्मोत्सवमा नबोलाएको रिसमा ६ जनाको हत्या गरिएको बिबिसीले जनाएको छ। २८…