काेराेना अपडेट मुख्य समाचार राष्ट्रिय समाचार समाज सुरक्षा

बाँकेमा दुई घण्टाको अन्तरालमा पाँच संक्रमितको मृत्यु

काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट दुई घण्टाको अन्तरालमा थप पाँचजनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार शुक्रबार बिहान १०ः३० देखि दिउँसो १२ः४० सम्म थप ५ जना संक्रमितको मृत्यु भएको हो ।

ओलीका अनुसार दाङको शान्तिनगर गाउँपालिका–५ का ३७ वर्षीय पुरुषको भेरी अस्पतालमा शुक्रबार बिहान १०ः३० बजे मृत्यु भएको हो । उनीमा वैशाख २१ गते संक्रमण पुष्टि भएको थियो ।

बाँकेको खजुरा गाउँपालिका–२ की ५३ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेजमा बिहान १०ः३० बजे नै मृत्यु भएको उनले बताए । उनीमा वैशाख १९ गते संक्रमण पुष्टि भएको थियो ।

यसैगरी कोहलपुर नगरपालकिा–२ बाँकेकी ५० वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बिहान ११ः३० बजे मृत्यु भएको उनले बताए । उनीमा वैशाख २० गते संक्रमण पुष्टि भएको थियो ।

बर्दियाको बासगढी नगरपालिका–५ का ५० वर्षीय पुरुषको भेरी अस्पतालमा बिहान ११ः४५ बजे मृत्यु भएको ओलीले बताए । उनीमा वैशाख १८ गते संक्रमण पुष्टि भएको थियो ।

सल्यानको सिद्ध कुमाख–४ की ४० वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा शुक्रबार दिउँसो १२ः४० बजे मृत्यु भएको उनले बताए । उनीमा वैशाख २८ गते संक्रमण पुष्टि भएको थियो । अनलाइनखबरबाट

 

सम्बन्धित समाचार

thumbnail

थप २४०७ जनामा कारोना संक्रमण , ४६ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १ हजार ६ सय ९४ जना र एन्टिजेन विधिबाट ७ सय १३…

thumbnail

मकवानपुरमा थप एक हप्ता निषेधाज्ञा

मकवानपुर । मकवानपुरमा थप एक साता निषेधाज्ञा थपिएको छ । आइतबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले मकवानपुरमा थप ७ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । उक्त निर्णयअनुसार आगामी असार…

thumbnail

उपत्यकामा निषेधाज्ञा एक साता थपियो

काठमाडौं । उपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञा थपिएको छ । जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो । कोरोना भाइरसको जोखिम घटिनसकेको निष्कर्षसहित काठमाडौं, भक्तपुर र ललितपुरका…