बेनी नगरपालिका मुख्य समाचार म्याग्दी न्युज विशेष स्वास्थ्य

मनकारी जनप्रतिनिधि : नगरप्रमुख श्रेष्ठद्धारा कोरोना संक्रमित विरामी बोक्न आफ्ना दुई वटा निजि गाडी नगरपालिकालाई प्रदान (तस्विर/भिडिओ)

बेनी । म्याग्दीको बेनी नगरपालिकाका नगर प्रमुख हरिकुमार श्रेष्ठले आफ्ना दुई वटा निजि बोलेरो जीप कोरोना संक्रमित विरामी बोक्न नगरपालिकालाई प्रदान गर्नुभएको छ । नगरपालिकामा कोरोना संक्रमणको जोखिम बढेको र संक्रमित विारमाीहरुलाई सहज रुपमा अस्पताल सम्म पु¥याउन नगरप्रमुख श्रेष्ठले आफ्ना दुई वटा निजि बोलेरो जीपलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्न गाउँपालिकालाई हस्तान्तरण गर्नुभएको हो । ९ सिट क्षमताको ग १ ज ७०६२ र ग १ ज ६७६३ नम्बर दुई वटा बोलेरो जीप चावी विहिबार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीलाई हस्तान्तरण गर्नुभयो ।

कोरोनाको जोखिम रहेसम्मको अवधिलाई निशुल्क रुपमा गाडी दिएको उहाँले बताउनुभयो । एउटा गाडी चालक सहित र अर्कोमा नगरपालिकाले चालकको व्यवस्था गरेर कोरोना संक्रमितलाई बोक्न परिचालन हुने नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।

‘कोरोना महामारीको समयमा संक्रमित विरामाीलाई अस्पताल पु¥याउन सहज होस् भन्ने उद्धेश्यले कोरोना महामारी अन्त्य नहुँदा सम्मका लागि नगरपालिलाई मैले दुई वटा जिजि बोलेरो जीप प्रदान गरेको हुँ ,’उहाँले भन्नुभयो ।

नगरप्रमुख श्रेष्ठले आफ्नो निजी दुई वटा बोलेराे जीप एम्बुलेन्सका रुपमा प्रयोग गर्न नगरपालिपालिकालाई हस्तान्तरण गरेकाले संक्रमितलाई अस्पताल सम्म पु¥याउन सहयोग मिल्ने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो ।

सम्बन्धित समाचार

thumbnail

बेनी अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

बेनी । म्याग्दीको बेनी अस्पताललाई स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ । संविधानसभा सदस्य तथा नेपाली कांग्रेस म्याग्दीका निवर्तमान सभापति रेशमबहादुर बानियाँको समन्वयमा नेपाल मेडिकल एशोसिएसन ( एनएमए)का बरिष्ठ उपाध्यक्ष डा.शिवप्रसाद श्रेष्ठले…

thumbnail

बेनी अस्पताललाई ४ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग

म्याग्दी । बेनी अस्पताललाई ४ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग प्राप्त भएको छ । नेपाल मेडिकल एसोसेशनले वुधबार बेनी अस्पताललाई ४ वटा अक्जिसन कन्सन्ट्रेटर सहयोग गरेको हो । एसोसेशनको सहयोगमा आएकोे कन्सन्ट्रेटर नेपाली…

thumbnail

गाउँमै आपत्कालीन कोष घोषणा, एकैदिन ६ लाखभन्दा बढी जुट्यो

बेनी । कोभिड–१९ महामारीसँग जुध्न वडामा भइरहेको अभियानमा सहयोग गरिरहेका प्रवासमा रहेका बेनी नगरपालिका–३,भकिम्लीबासीले आपत्कालिन कोष स्थापना गरेका छन्। प्राकृतिक विपत्ती, स्वास्थ्य उपचार, राहत तथा कुनैपनि आपत्कालिन समस्या परेका गाउँलेलाई दिर्घकालिन रुपमा…