मुख्य समाचार राजनिति राष्ट्रिय समाचार समाज

राष्ट्रपतिद्वारा ७ वटा अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सात वटा अध्यादेश जारी गरेकी छिन् । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेशहरू जारी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिएका छन् ।

आज जारी भएका अध्यादेशहरूमा यसअघि विवादमा तानिएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पनि समावेश रहेको छ । चौँथो नम्बरमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ समावेश गरिएको छ । रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

ललितपुरमा एक पुरुषको शव फेला

काठमाडौं । ललितपुरको ललितपुर महानगरपालिका–५ स्थित तिखेदेवलमा पुरुषको शव भेटिएको छ । ब्याडमिन्टन कोर्ट अगाडी काभ्रेको रोशी गाउँपालिका घर भएका ४५ वर्षीय चन्द्र लामाको शव भेटिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ…

thumbnail

माटोको ढिस्कोले पुरिएर आमा छोराको मृत्यु

बागलुङ । निसीखोलामा माटोको ढिस्कोले पुरिएर आमा छोराको मृत्यु भएको छ । शुक्रबार दिउसो निसीखोला गाउँपालिका वडा नम्बर २ काल्नेचौरमा घर पोत्ने माटो खन्ने क्रममा पुरिएर मृत्यु भएको स्थानीय शिक्षक मानबहादुर केसीले…

thumbnail

म्याग्दीमा थपिए ५२ जना कोरोना संक्रमित

बेनी । म्याग्दीमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार म्याग्दीमा २७ महिला र २५ जना पुरुष गरी ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो…