बेनी नगरपालिका मुख्य समाचार म्याग्दी न्युज विशेष

लकडाउन नगर्न उद्योगी व्यवसायीको आग्रह

बेनी ।म्याग्दीमा तत्काल लकडाउन नगर्न उद्योगी व्यवसायीले आग्रह गरेका छन् । बेनी नगरपालिकाको आयोजनामा कोरोना रोकथाम तथा नियन्त्रणका लागी सोमबार बेनी स्थित जिल्ला समन्वय समितिको सभा हलमा जारी सर्वपक्षीय छलफलमा उद्योगी व्यवसायीले तत्काल लकडाउन नगर्न आग्रह गरेका हुन् ।

उनीहरुले लकडाउनको विकल्प खोज्न समेत सुझाव दिएका छन् । म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुबिन श्रेष्ठले पुर्ण रुपमा लकडाउन गर्दा आर्थिक क्षेत्रमा ठुलो असर गर्ने भन्दै आंशिक रुपमा लकडाउन गर्नुपर्ने बताउनुभयो । उहाँले आर्थिक क्षेत्रलाई चलायमान बनाउन नसके उद्योगी व्यवसायी विस्थापित हुने अवस्था आउने बताउनुभयो । स्वास्थ मापदण्ड अपनाएर व्यवसाय संचालन गर्न पाउनुपर्ने वातावरण बनाउन समेत आग्रह गर्नुभएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष उत्तमकुमार कर्माचार्यले म्याग्दीमा दिनानुदिन कोरोना संक्रमण दर बढेपनी प्रशासन र स्थानिय तहको भुमिका भने शुन्य भएको बताउनुभयो । उहाँले स्थानीय तहले कोरोना रोकथाम तथा नियन्त्रण गर्नमा जनप्रतिनिधि र प्रशासन उदासीन देखिएको आरोप लगाउनुभयो ।

यसैगरी ,जनप्रतिनिधिले भने नगरपालिकामा कोरोनाको संक्रमण दर बढ्दै गएकोले तत्काल लकडाउन गर्नुपर्नेमा जोड दिएका छन् ।

सम्बन्धित समाचार

thumbnail

मनकारी जनप्रतिनिधि : नगरप्रमुख श्रेष्ठद्धारा कोरोना संक्रमित विरामी बोक्न आफ्ना दुई वटा निजि गाडी नगरपालिकालाई प्रदान (तस्विर/भिडिओ)

बेनी । म्याग्दीको बेनी नगरपालिकाका नगर प्रमुख हरिकुमार श्रेष्ठले आफ्ना दुई वटा निजि बोलेरो जीप कोरोना संक्रमित विरामी बोक्न नगरपालिकालाई प्रदान गर्नुभएको छ । नगरपालिकामा कोरोना संक्रमणको जोखिम बढेको र संक्रमित विारमाीहरुलाई…

thumbnail

म्याग्दीमा थप दुई कोरोना संक्रमितको मृत्यु

बेनी । म्याग्दीमा थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार जिल्लाको बेनी नगरपालिका वडा नम्बर १ का ६० बर्षिय एक पुरुषको २८ गते दिउँसो ४ः३०…

thumbnail

म्याग्दीमा एकैदिन थपिए ६२ जना कोरोना संक्रमित,२ को मृत्यु

बेनी ।म्याग्दीमा  सोमबार मात्रै  ६२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बेनी नगरपालिका ,मंगला गाउँपालिका ,मालिका गाउँपालिका ,रघुगंगा गाउँपालिका र अन्नपुर्ण गाउँपालिकामा ६२ जना कोरोना संक्रमित थपिएका हुन्…