मुख्य समाचार म्याग्दी न्युज विशेष रघुगंगा गाउँपालिका

समस्यामा परेका व्यक्तीलाई सहयोग गर्न रघुगंगा गाउँपालिकाद्धारा सम्पर्क व्यक्तिको फोन नम्बर सार्वजनिक,आईसोलेसनको क्षमता विस्तार

म्याग्दी । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको बढ्दो संक्रमणको कारण आउन सक्ने समस्या समाधान र सहजीकरणको लागि आम नागरिकको सुविधाका लागि म्याग्दीको रघुगंगा गाउँपालिकाले सम्पर्क व्यक्तिहरु तोकेर मोवाईल नम्बर समेत सार्वजनिक गरेको छ ।

गाउँपालिकामा कोरोनाका कारण आईपर्ने स्वास्थ्य समस्या, दैनिक उपभोग्य बस्तुको समस्या, नियमित औषधि सेवन गर्नेहरुको अभाब, अस्पताल पुग्नका लागि आईपर्न सक्ने यातायात लगायतका बाधा व्यवधान समाधानको लागि सम्पर्क व्यक्ति तोकेर मोवाईल नम्बर समेतको सूचना जारी गरिएको प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।

रघुगंगाले कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै पिप्लेमा रहेको कोभिड अस्पतालको ५ बेडको क्षमता विस्तार गरि १० वेड बनाएको छ । कोभिड अस्पताल नजीकै रहेको प्रगतिशिल आमा समूहको भवनलाई समेत उपयोग गरि आईसोलेसनको क्षमता विस्तार गरिएको प्रमुख प्रशासकिय अधिकृत सुवेदीले जानकारी दिनुभयो । आईसोलेसनमा २० वटा अक्सिजन सिलिण्डर समेत रहेका छन् ।

यसैबिच वडा नम्बर २ भगवतीमा समेत घरमै आईसोलेसनमा बस्न सम्भव नभएका विरामीहरुको लागि थप ९ वेड क्षमताको आईसोलेसन वार्ड बनाउने काम अघि बढाईएको छ । रघुगंगामा हाल १२ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

 

सम्बन्धित समाचार

thumbnail

पर्यटन काज सुविधा शिक्षक र प्राध्यापकलाई पनि देऊ : काँग्रेस

काठमाडौं । नेपाली काँग्रेसले निजामती कर्मचारीको लागि दिइएको पर्यटन काज सुविधा शिक्षक र प्राध्यापकलाई पनि दिन आग्रह गरेको छ । नेपाली काँग्रेस शिक्षा विभागका सचिव डा. कृष्णप्रसाद रिजालले सोमबार विज्ञप्ति जारी गर्दै…

thumbnail

खर्च बढाउन होइन, कानुन व्यवस्थित गर्न लागेका हौंः गण्डकी प्रदेश सरकार

कास्की । गण्डकी प्रदेशका मन्त्री एवं सरकारका प्रवक्ता कुमार खड्काले सरकारले पूर्व मुख्यमन्त्रीको सुविधा थपेर खर्च बढाउन नभई कानून बनाएर व्यवस्थित गर्न खोजेको बताउनुभएको छ । मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल…

thumbnail

चार महिनादेखि तलब नपाएको भन्दै नेपालगञ्ज मेडिकल कलेजका कर्मचारीहरु आन्दोलित

काठमाडौं । चार महिनादेखि तलब नपाएको भन्दै बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । सोमबार बिहान प्रशासन शाखामा भेला भएर उनीहरुले नियमित तलब, कोभिडको जोखिम भत्ता लगायतको माग गरेका…