मुख्य समाचार राष्ट्रिय समाचार

सरकारले चीनबाट २० हजार अक्सिजन सिलिन्डर ल्‍याउँदै

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनबाट २० हजार खाली सिलिन्डर ल्याउने भएको छ । कोभिड–१९ का बिरामीको उपचारमा अक्सिजन सिलिन्डरको अभाव हुन नदिनका लागि मन्त्रालयले चीनबाट २० हजार सिलिन्डर ल्याउने भएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अर्को हप्ता चीनबाट ती सिलिन्डर आउने जानकारी दिनुभयो ।

उहाँले मुलुकमा अक्सिजनको अभाव नभए पनि सिलिन्डर नहुँदा समस्या परेको बताउनुभयो । ‘हामीसँग अक्सिजन ग्यासको कमी छैन’, उहाँले भन्नुभयो, ‘तर सिलिन्डर नहुँदा बिरामीका लागि अक्सिजन पुर्‍याउन कठिन भएको हो ।’

मन्त्रालयले प्राणवायु (अक्सिजन)को सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन दिएको छ । मन्त्रालयले अस्पताल र सर्वसाधारणलाई खाली सिलिन्डर मौज्दात (होल्ड) नराख्न अनुरोध गरेको छ ।

नेपालमा अहिले देशभरका ३० अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएका छन् । ती अस्पतालबाट दैनिक दुई हजार ५४९ सिलिन्डर भर्नसक्ने क्षमता रहेको मन्त्रालयले जनाएको छ । केही अस्पतालमा लिक्विड अक्सिजन ट्याङ्कसमेत जडान गरिएको छ । अस्पतालसँग छ हजारभन्दा बढी र अक्सिजन बिक्रेताले दैनिक आठ हजार सिलिन्डर भर्न सक्ने क्षमता रहेको छ । अनलाइनखबरबाट

सम्बन्धित समाचार

thumbnail

ललितपुरमा एक पुरुषको शव फेला

काठमाडौं । ललितपुरको ललितपुर महानगरपालिका–५ स्थित तिखेदेवलमा पुरुषको शव भेटिएको छ । ब्याडमिन्टन कोर्ट अगाडी काभ्रेको रोशी गाउँपालिका घर भएका ४५ वर्षीय चन्द्र लामाको शव भेटिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ…

thumbnail

माटोको ढिस्कोले पुरिएर आमा छोराको मृत्यु

बागलुङ । निसीखोलामा माटोको ढिस्कोले पुरिएर आमा छोराको मृत्यु भएको छ । शुक्रबार दिउसो निसीखोला गाउँपालिका वडा नम्बर २ काल्नेचौरमा घर पोत्ने माटो खन्ने क्रममा पुरिएर मृत्यु भएको स्थानीय शिक्षक मानबहादुर केसीले…

thumbnail

म्याग्दीमा थपिए ५२ जना कोरोना संक्रमित

बेनी । म्याग्दीमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार म्याग्दीमा २७ महिला र २५ जना पुरुष गरी ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो…