काेराेना अपडेट मुख्य समाचार राष्ट्रिय समाचार समाज सुरक्षा

सेती प्रादेशिक अस्पतालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु

कैलाली । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप छ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पछिल्लो पटक मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–७ की ७७ वर्षीया र वडा नं १३ का २२ वर्षीय छन् ।

महिलाको आज बिहान साढे २  बजे र पुरुषको सोमबार राति साढे ११ बजेको समय मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

यसैगरी दार्चुला, मालिकार्जुन गाउँंपालिका –८ का ६६ वर्षीय पुरुषको पनि एन्टिजेनबाट जाँच गर्दा रिपोर्ट पोजेटिभ आएकामा अस्पतालको आकस्मिक कक्षमा सोमबार राति ९ बजेका समयमा मृत्यु भएको छ ।

यस्तै कञ्चनपुर, भीमदत्त नगरपालिका –१२ घर भएका ७१ वर्षीय पुरुषको अस्पतालको इमर्जेन्सी वार्डमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

एन्टिजेनबाट जाँच गर्दा रिपोर्ट पोजेटिभ आएकामा उनको आज बिहान ३ बजेका समयमा मृत्यु भएको हो ।यस्तै बझाङका २६ वर्षीय पुरुषको पनि यही वैशाख १४ गते एन्टिजेनबाट जाँच गर्दा रिपोेर्ट पोजेटिभ आएकामा इमर्जेन्सी वार्डमा सोमबार राति साढे १० बजेका समयमा मृत्यु भएको जनाइएको छ ।

सेतीमै उपचाररत बर्दियाका ३० वर्षीय पुरुषको पनि मृत्यु भएको छ । सोमबार श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।पिसिआर रिपोर्ट पोजेटिभ आएकामा राति २ बजेका समयमा उपचारका क्रममा उनको मृत्यु भएको जोशीले बताए । नागरिक खबरबाट

सम्बन्धित समाचार

thumbnail

म्याग्दीमा थपिए ५२ जना कोरोना संक्रमित

बेनी । म्याग्दीमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार म्याग्दीमा २७ महिला र २५ जना पुरुष गरी ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो…

thumbnail

बाँकेमा दुई घण्टाको अन्तरालमा पाँच संक्रमितको मृत्यु

काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट दुई घण्टाको अन्तरालमा थप पाँचजनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार शुक्रबार बिहान १०ः३० देखि दिउँसो १२ः४० सम्म थप ५…

thumbnail

स्याङ्जामा गाउँमै कोरोना परीक्षण

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले लक्षण देखिएका बिरामीको स्वाब परीक्षण तथा औषधि गाउँगाउँमै पु¥याउने गरेको छ । नगरपालिकाले स्वास्थ्यसम्बन्धी मापदण्डलाई कार्यान्वयन गर्दै घरघरमै पुगेर लक्षण देखिएका बिरामीको स्वाबको नमूना परीक्षण तथा औषधि…