अन्नपूर्ण गाउँपालिका मुख्य समाचार म्याग्दी म्याग्दी न्युज विशेष समाचार समाज

अन्नपुर्ण गाउँपालिकाले ल्यायो ४२ करोड ३० लाखको बजेट(तस्विर सहित )

सुरेन गुरुङ

पोखरेबगर । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाले आगामी आर्थिक बर्ष२०७८/७९ का लागि ४२ करोड ३० लाख रुपैयाँ बरारबरको बजेट सार्वजनिक गरको छ । सोमबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा तेह्रौ गाउँसभामा गाउँपालिका उपाध्यक्ष  केशमाया मगरले आगामी आर्थिक बर्षको लागि निति,कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको हो ।

उपाध्यक्ष मगरले गाउँसभामा प्रस्तुत गर्नुभएको बजेटमा चालुतर्फ ३१ करोड १७ लाख २० हजार ,पुँजीगत तर्फ ८ करोड ९९ लाख ८० हजार र कोषतर्फ दुई करोड १३ लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको छ । सशर्त तर्फ २३ करोड १८ लाख ,संघिय सरकारको वित्तिय समानिकरण अनुदान ७ करोड ७ लाख , संघिय सरकारबाट प्राप्त राजश्व बाँडफाँड ७ करोड २ लाख ४५ हजार ,गण्डकी प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानिकरण अनुदान २२ लाख ७२ हजार ,प्रदेश सरकार राजश्व बाँडफाँडबाट ५ लाख ३८ हजार ,आन्तरिक राजश्वबाट प्राप्त हुने ९० लाख ४० हजार र अघिल्लो आर्थिक बर्षबाट खर्च नभइ बाँकी रहेको अनुमानित एक करोड ९१ लाख ५ हजार रुपैयाँ बजेटमा समावेश गरिएको छ ।

बजेटमा पर्यटन , स्वास्थ्य,भौतिक पुर्वाधार ,युवा तथा खेलकुद ,कृषी ,खानेपानी तथा सिँचाइ ,शिक्षा ,वन तथा बातावारण लगायत क्षेत्रलाई प्राथमिकतामा राखेर निति ,कार्यक्रम र बजेट प्रस्ताव गरिएको उपाध्यक्ष मगरले बताउनुभयो । यसैगरी कोरोना रोकथाम तथा नियन्त्रण लगायत विपद व्यवस्थापनलाई पनि प्राथमिकतामा राखेर बजेट ल्याइएको उहाँको भनाई छ ।

आठै वडाका बस्ती स्तरबाट प्राथमिकताको आधारमा छनौट भई वडाले सिफारिस गरेका योजना तथा कार्यक्रमलाई निति ,कार्यक्रम र बजेटमा समावेश गरिएको गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनले बताउनुभयो । गाउँसभामा प्रस्तुत भएको निति,तथा कार्यक्रम र बजेट पारित भएपछि आगामी आर्थिक बर्षबाट प्रभावकारी रुपमा कार्यान्वयनमा लगिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेलले बताउनुभयो ।गाउँसभा सुरु हुनु अघि गाउँपालिकाका जनप्रतिनिधि ,कर्मचारी ,पत्रकार लगायतको एन्टिजेन्ट परिक्षण समेत गरिएको थियो ।

 

सम्बन्धित समाचार

thumbnail

अन्नपुर्ण गाउँपालिकालाई एक लाख रुपैयाँ बढी सहयोग

सुरेन गुरुङ पोखरेबगर । म्याग्दीको अन्नपुर्ण गाउँपालिकालाई एक लाख रुपैयाँ बढी सहयोग प्राप्त भएको छ । गाउँपालिकाका विभिन्न वडामा घर भइ हाल बु्रनाईमा रहेका अन्नपुर्ण बासीलाई कोरोना रोकथाम ,नियन्त्रण तथा बाढी –पहिरो…

thumbnail

अन्नपूर्ण गाउँपालिकाका बाढी-पहिरो पीडितलाई घर हस्तान्तरण(तस्बिर सहित)

सुरेन गुरुङ पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका बाढी-पहिरो पीडितलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिको नेतृत्वमा नवनिर्मित घर हस्तान्तरण गरिएको छ । गत बर्ष अविरल बर्षका कारण आएको बाढी-पहिरोबाट विस्थापित अन्नपूर्ण…

thumbnail

म्याग्दीको मोतिचौर बराहमा १०८ धारा निर्माण (फोटो फिचर)

अमित बिश्वकर्मा म्याग्दी । म्याग्दीको अन्नपुर्ण गाउँपालीका –३, दानाको मोतीचौर बराहमा १०८ धारा निर्माण गरिएको छ । समुन्द्री सतह देखि २२ सय मिटर उचाइमा रहेको धार्मिक एबँ पर्यटकीय स्थल मोतिचौरमा धार्मिक पर्यटनको…