आर्थिक मुख्य समाचार राजनिति राष्ट्रिय समाचार समाज

असार १ गते बागमती प्रदेशको बजेट सार्वजनिक हुने

बागमती । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आगामी असार १ गते अपराह्न ३ः०० बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८– ७९ को बजेट सार्वजनिक गर्ने तय भएको छ ।

मन्त्री ढुङ्गेलले आज सङ्क्षिप्त कुराकानी गर्दै आगामी बजेट प्रदेशका १३ वटै जिल्लालाई कोभिड सङक्रमित बिरामीको उपचार, अस्पतालको स्तरोन्नति र खोप लगाउने कार्यलाई पहिलो प्राथमिकतामा राखिएको बताउनुभयो ।

उहाँले प्रदेशका सबै जिल्लामा कृषिको उत्पादन, पशुपालन र रोजगारीलाई प्रत्यक्ष अवसर जुटाइनेतर्फ बजेट विनियोजित गरिने उल्लेख गर्नुभयो। उहाँले प्रदेशमा कोभिड–१९ संक्रमणबाट प्रभावित विपन्न, दलित, आदिवासी जनजातिका परिवारलाई आयआर्जन गर्ने आर्थिक प्याकेज र उच्च शिक्षाको गुणस्तरीय वृद्धि गर्न प्रदेशमा विश्वविद्यालयको स्थापना गर्ने लक्ष्य राखिएको बताउनुभयो ।

मन्त्री ढुङ्गेलले प्रमुख प्रतिपक्षसँग सहकार्य र समन्वय गरेर प्रदेशमा सम्मानजनक राष्ट्रिय गौरवका आयोजना, भौतिक पूर्वाधारको निर्माण, सम्पदाको संरक्षण गर्ने र भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि सङ्घीय सरकारसँग सहकार्य गरेर निर्माण कार्यलाई अघि बढाउनेतर्फ बजेटमा उच्च प्राथमिकताका साथ कार्यान्वयन गरिने जानकारी दिनुभयो ।

उहाँले सरकारले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलसँग सहकार्य गरेर सबै जिल्लामा भौतिक पूर्वाधार, पर्यटन क्षेत्रको विस्तारमा गुरुयोजना तर्जुमा, कृषि सडक, सिँचाइ, खानेपानी, सुकुम्बासीलाई स्थायी बसोबास गराउने र आवश्यकताअनुरुप प्रदेशमा पुष्पलाल चक्रपथ सडक सञ्जाललाई जोड्न बजेट विनियोजन गरिने उल्लेख गरर्नुभयो ।

उहाँले आगामी आर्थिक वर्षको वैशाखसम्ममा उपत्यकालगायत सात स्थानमा विद्युतीय बस सञ्चालन गर्नेतर्फ कार्यतालिका गरिसकिएको र आगामी छ महिनाभित्रै ३० विद्युतीय बस खरीद गरी ल्याउनेतर्फ बोलपत्र आह्वान भइसकिएको तथा आगामी असार ७ गतेभित्रै उक्त बोलपत्रमा सम्झौता गरिनेतर्फ सम्बन्धित निकायले प्रक्रिया सुरु गरिसकिएको जानकारी दिनुभयो ।

मन्त्री ढुङ्गेलले अघिल्लो आव २०७७– ७८ मा करीब ५२ अर्बको बजेट ल्याएको भए पनि आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले केही प्रतिशत वृद्धि गरेर करीब ५४ अर्बको बजेट ल्याइने सम्भावना रहेको जानकारी दिनुभयो । नागरिक खबरबाट

 

सम्बन्धित समाचार

thumbnail

बैंकिङ कसुरमा ९ लाख जरिवाना तोकिएका प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दामा ९ दिन कैद र ९ लाख जरिवाना तोकिएका फरार प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–२ घर भएका राम खड्का…

thumbnail

नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौँ । साताको अन्तिम कारोबार दिन समेत रहेको बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १५.११ अंकले घटेर ३ हजार ७९.८३…

thumbnail

पत्रकारलाई एक महिनाभित्र पारिश्रमिक दिने नागरिक दैनिकको बचन, पहिलो किस्ता आजैबाट

काठमाडौं । नेपाल रिपब्लिक मिडियाले कार्यरत् पत्रकारलाई पारिश्रमिक उपलब्ध गराउने बचन दिएको छ । बिहीबार वार्ता हुँदा मिडियाले एक महिनाभित्र सबै पारिश्रमिक दिने प्रतिवद्धता जनाएको हो। तर, पत्रकारले यो प्रतिवद्धता लिखित रुपमै…