धनुषामा टिपर चालकको रहस्यमय मृत्यु

जनकपुर । धनुषामा टिपर मुनि किचिएको अवस्थामा एक टिपर चालकको शव फेला परेको छ । धनुषाको सबैलामा चालक विष्णु आफूले चलाउने गरेको टिपर मुनि मृत अवस्थामा भेटिएका छन् । उदयपुरको कटारी नगरपालिका वडा नम्बर २ बस्ने २८ वर्षीय टिपर चालक विष्णु भनिने बुद्ध लामाको शव टिपरको चक्कामुनि किचिएको अवस्थामा भेटिएको धनुषा प्रहरीले जनाएको छ ।

धनुषाको सबैला नगरपालिका वडा नम्बर १० स्थित लवटोलिमा स १ ख ९०९ नम्बरको टिपरले किचिएको अवस्थामा बुद्धको शव फेला पारेका ईलाका प्रहरी कार्यालय सबैलाका निरीक्षक राजेश सिग्देलले जानकारी दिए । टिपरको चक्का र बालुवाले टाउको छोपिएको अवस्थामा शव भेटिएको थियो । घटना शनिबार साँझ भएकाले घटना सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरी निरिक्षक सिग्देलले बताउनुभयो ।

यता घटना हत्या जस्तै देखिएकाले सुक्ष्म अनुसन्धान गर्न नेकपा माओवादी केन्द्र उदयपुरका अध्यक्ष विनोद कटुवालले माग गर्नुभएको छ । उहाँले टिपरको स्टेरिङ्ग फिङ्गर प्रिन्ट गरायो भने घटना बारे रहस्य खुल्ने दावी गर्दै अध्यक्ष कटुवालले प्रहरीसँग सुक्ष्म अनुसन्धान गर्न माग गर्नुभएको छ । उहाँले अनुसन्धान विना शव उठाउन नदिने समेत बताउनुभयो । रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

सम्पत्तिका लागि आफन्तबाटै महिलाको हत्या, शरीर टुक्राटुक्रा पारेर खोलामा बगाइयो

काठमाडौँ । ५५ वर्षीया एक महिलाको हत्या गरेको आरोपमा प्रहरीले झापाबाट चार जनालाई पक्राउ गरेको छ। झापा गाउँपालिका–१ माइती घर भई भारत किसनगञ्ज जिल्ला बस्ने धोन्नी टुडुको हत्या आरोपमा प्रहरीले चार जनालाई…

thumbnail

बुटवलका मेयरमाथि आक्रमण गर्ने युवालाई सार्वजनिक मुद्दा

रुपन्देही । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीमाथि आक्रमण गर्ने युवालाई सार्वजनिक मुद्दा दायर गरिएको छ । सुवेदीमाथि आक्रमण गर्ने स्थानीय गणेश पंगेनीमाथि सार्वजनिक मुद्दा दायर गरिएको हो । सोमबार बिहान बुटवल–३ ज्योतिनगरको…

thumbnail

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

गोरखा । श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले गोरखा नगरपालिका–७ पौवाखेतकी ५५ बर्षकी माइली कामीलाई पक्राउ गरेको छ ।असोज ४ गते राति उनले आफ्नै श्रीमान ५६ बर्षका आइतबहादुर कामीको हत्या गरेको प्रहरीले बताएको…