आर्थिक धवलागिरी गाउँपालिका म्याग्दी समाचार समाज

धारापानीका थापा परिवारद्धारा गाउँपालिकालाई आर्थिक सहयोग

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर ७ धारापानीका समाजसेवी तेजेन्द्र थापाको परिवारले गाउँपालिकालाई आर्थिक सहयोग गर्नुभएको छ । कोरोना भाइरस रोकथाम ,नियन्त्रण र संक्रमित विरामीको उपचारमा सघाउ पु¥याउने उद्धेश्यले आफ्नो परिवारको तर्फबाट एकमुस्त रुपमा ५१ हजार रुपैयाँ सहयोग गरिएको थापाले बताउनुभयो ।

थापाले उक्त आर्थिक सहयोग रकमको चेक मंगलबार गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्याल , प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्मा र स्वास्थ्य शाखा प्रमुख सम्झना खाती क्षत्रीलाई हस्तान्तरण गर्नुभयो । उहाँका अनुसार श्रीमती बिष्णुकुमारी थापा , अष्ट्रेलियामा रहेका छोरा बिमल थापा ,छोरी कुसुम थापा ,मिनि थापा र बुहारी संगिता थापाले संयुक्त रुपमा सहयोग गरेका हुन् । गाउँपालिका उपाध्यक्ष छन्त्यालले सहयोगप्रति थापा परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो ।

 

सम्बन्धित समाचार

thumbnail

असार १ गते बागमती प्रदेशको बजेट सार्वजनिक हुने

बागमती । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आगामी असार १ गते अपराह्न ३ः०० बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८– ७९ को बजेट सार्वजनिक गर्ने तय भएको…

thumbnail

एभरेष्ट बैंकद्धारा नागरिक केयर सेन्टरलाई पाँच लाख सहयोग

काठमाडौं । शुक्रबार नागरिक केयर सेन्टर, विराटनगरलाई एभरेष्ट बैंकले पाँच लाख रुपैयाँ सहयोग गरेको छ। नागरिक केयर सेन्टरका अध्यक्ष पवन कुमार सारडा र वरिष्ठ उपाध्यक्ष महेश कुमार जाजूलाई उक्त रकम बराबरको चेक…

thumbnail

सांग्रिला बैंकको डिबेन्चर बिक्री असार ६ गतेदेखि

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको १० वर्षे अवधिको ऋणपत्र बिक्री आगामी असार ६ गतेदेखि खुला हुने भएको छ। बैंकले ७५ करोड रूपैयाँ ऋण पुँजी रकम बराबरको ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७’…