मुख्य समाचार राष्ट्रिय समाचार समाज

पर्यटन काज सुविधा शिक्षक र प्राध्यापकलाई पनि देऊ : काँग्रेस

काठमाडौं । नेपाली काँग्रेसले निजामती कर्मचारीको लागि दिइएको पर्यटन काज सुविधा शिक्षक र प्राध्यापकलाई पनि दिन आग्रह गरेको छ । नेपाली काँग्रेस शिक्षा विभागका सचिव डा. कृष्णप्रसाद रिजालले सोमबार विज्ञप्ति जारी गर्दै सरकारले बजेटमार्फत् निजामती कर्मचारीको लागि उक्त सुविधा दिएको भए पनि शिक्षक र पदाधिकारीको विषयमा बजेट नबोलेको भन्दै ध्यानाकर्षण गराएका छन् ।

‘अध्यादेश मार्फत् ल्याइएको आर्थिक वर्ष २०७८/७९ को बजेटमा निजामती सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई प्रदान गरिने सेवा तथा सुविधामा शिक्षक र प्राध्यापकलाई विभेद गरेको छ’ विज्ञप्तिमा भनिएको छ ‘निजामती कर्मचारीलाई १० लाखको सामूहिक दुर्घटना बिमा र एक लाख रूपैयाँको स्वास्थ्य बिमा प्रिमियम बापतको रकम नेपाल सरकारे व्यहोर्ने निर्णय गरे पनि सोबाट समेत शिक्षक र प्राध्यापकलाई बञ्चित गरिएकोमा विभाग खेद प्रकट गर्दछ ।’विभागले यो विभेदलाई सच्याउँदै भविष्यमा यस्तो विभेदकारी स्थिति सिर्जना नगर्न पनि सरकारलाई आग्रह गरेको छ ।onlinekhabar

सम्बन्धित समाचार

thumbnail

बैंकिङ कसुरमा ९ लाख जरिवाना तोकिएका प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दामा ९ दिन कैद र ९ लाख जरिवाना तोकिएका फरार प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–२ घर भएका राम खड्का…

thumbnail

नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौँ । साताको अन्तिम कारोबार दिन समेत रहेको बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १५.११ अंकले घटेर ३ हजार ७९.८३…

thumbnail

पत्रकारलाई एक महिनाभित्र पारिश्रमिक दिने नागरिक दैनिकको बचन, पहिलो किस्ता आजैबाट

काठमाडौं । नेपाल रिपब्लिक मिडियाले कार्यरत् पत्रकारलाई पारिश्रमिक उपलब्ध गराउने बचन दिएको छ । बिहीबार वार्ता हुँदा मिडियाले एक महिनाभित्र सबै पारिश्रमिक दिने प्रतिवद्धता जनाएको हो। तर, पत्रकारले यो प्रतिवद्धता लिखित रुपमै…